ललितपुर महानगर भित्र पानीपुरी बेच्न निषेध

0

ललितपुर महानगर भित्र पानीपुरी बेच्न निषेध


काठमाडौं । उपत्यकाको पानीमा हैजाको जीवाणु देखिएपछि ललितपुर महानगरपालिकाले पानीपुरी तथा चटपटे विक्री वितरणमा गर्न रोक लगाउने भएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ । पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले माइकिङ गरेर जानकारी दिइरहेको छ ।

पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको महानगर प्रहरीले जनाएको छ । यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने बताएको छ ।

यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो । त्यस क्षेत्रमा पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो । हैजा नियन्त्रणका लागि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top