साढे चार दशकपछि भक्तपुरबाट चोरी भई अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता

0

साढे चार दशकपछि भक्तपुरबाट चोरी भई अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता


काठमाडौं ः भक्तपुरबाट ४५ बर्ष अघि चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता भएको छ । पुरातत्त्व विभागले शुक्रबार कार्यक्रम गरी ती मूर्ति सार्वजनिक गरेको हो । मूर्ति  नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकालरले विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन् ।

(ads1)

विभागका महानिर्देशक गौतमले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ–दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको जानकारी दिए । ८३ किलोग्रामको यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो । यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत् सन् २०१५ मा संंयुक्तराज्य अमेरिकाको कनेक्टिकटस्थित याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेका थिए ।

मूर्तिको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट गरिएको अनुसन्धानका आधारमा पुष्टि भएपछि विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो । मूर्ति फिर्ता गर्न गत वैशाख २३ गते न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र विश्वविद्यालयबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । 

मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो । फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि शुक्रबार नै राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकाको सहयोगमा गत जेठमा चतुर्मुखी शिवलिंग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो । 

(ads2)

मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भए प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० क को प्रावधानअनुसार गर्ने विभागले जनाएको छ । कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल  मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्त्विकक महत्त्वका सामग्री फिर्ता गर्दै जाने बताए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top