काठमाडौं । गोरखा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को ३२ औं स्थापना दिवस एक समारोह बिच संघीय राजधानी उपत्यकाको ललितपुर सोमबार सम्पन्न भएको छ ।
उक्त स्थापना दिवसको प्रमुख अतिथि संघीय संसदका माननीय सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सुदन किरातीले गेसोको आन्दोलन ०५८ सालदेखि गर्दै आएको आपूmले प्रत्यक्ष अनुभुत गरेको प्रसंग कोट्याउँदै निकट भविष्यमै आन्दोलनको लक्ष्य प्राप्ति हुनेमा आफु बिश्वस्त रहेको बताउँदै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै गेसोका केन्द्रीय सल्लाहकार तथा उद्यमी पुरञ्जन राईले गेसो आन्दोलनले आम गोरखा भू.पू हरु र तिनका परिवारहरु बेलायतमा आवासिय भिसा लिएर बस्न पाईरहेको बताउँदै ब्रिटिस सेना भर्तिले आदिवासी जनजातीका अधिकांश सम्प्रदायमा हानी नोक्सानी पुगेको बताए ।
सो स्थापना दिवसको अध्यक्षता गेसोेका अध्यक्ष कृष्णकुमार राईले गर्नुहुँदै काठमाडौं उपत्यकामा बसोबास गर्ने भू.प्र. सैनिक र तिनका परिवार प्रति शुभकामना व्यक्त गर्दै गेसोले बिगत ३२ बर्ष यतादेखि ब्रिटिस सरकारले गोरखाहरु मथि गर्दै आएको बिभेद र अन्यायको बिरुद्ध निरन्तर आन्दोलन गर्दै आइरहेको बताउँदै केही उपलब्धीसमेत हासिल गरेको उल्लेख गर्दै बेलायतमा गएर बिभिन्न प्रकरणमा आन्दोलन गर्ने हैसियतसमेत प्राप्त भएको मत जाहेर गरेका थिए ।
यस अबसरमा गेसोका पदाधिकारी तथा गोरखा भू.पू.का परिवारहरु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्ष सूर्य सुवेदी, युवा नेता वसन्त राई लगायतको पनि उपस्थित रहेको थियो । उक्त कार्यक्रममा गेसोका उपसभापति जीतबहादुर राईले बिगत ३२ बर्ष यतादेखि भएका बिभिन्न १३ बुँदे उपलव्धिहरु बाचन गर्नुभएको थियो । सो उपलव्धिका फेहरिस्ता तल दिइएको छ ।






%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
