स्वच्छ हावा परियोजना संचालन गर्न चाँगुनारायण नपाद्धारा अनुमति प्रदान

0

स्वच्छ हावा परियोजना संचालन गर्न चाँगुनारायण नपाद्धारा अनुमति प्रदान


भक्तपुर । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था family health intrenational – FHI 360, साझेदारी र वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) संगको सहकार्यमा USAId स्वच्छ हावा परियोजना संचालनको लागि चाँगुनारायण नगरपालिकाले अनुमति प्रदान गरेको छ । यस संस्थाले काठमाण्डौं उपत्यकामा विद्यमान वायु प्रदुषण सम्बन्धी विविध पक्षमा सुधार गर्ने उदेश्य लिएर उपत्यकाका विभिन्न नगरपालिकाहरुमा स्वच्छ हावा नामक परियोजना संचालन गर्न लागेको छ ।

विगत केही वर्ष यताबाट बढ्न थालेको उपत्यकाको वायु प्रदुषणले जनस्वास्थ्यमा ठूलो असर परि रहेको छ । विश्व स्वास्थ्य संगठन (WHO) को तथ्याङ्क अनुसार काठमाण्डौं उपत्यकामा धुलोका कणहरुको बार्षिक औसत घनत्व विश्व स्वास्थ्य संगठनको स्वास्थ्य निर्देशिकामा उल्लेख भएको भन्दा दश गुणा उच्च रहेको देखिन्छ । मूलत ः सवारी साधन, फोहोर तथा खेतको सुकेको बोट जलाउने, ईट्टा भट्टा, कलकारखानाबाट निस्किका धुवा, बाटो र निर्माण सामग्रीहरुबाट निस्किएको धुलो आदिलाई वायु प्रदुषण हुने कारक तत्वको रुपमा लिईन्छ । नेपालको तथ्याङ्क अनुशार वायु प्रदुषणले जनस्वास्थ्यमा अत्याधिक असर पारि रहेको र यसबाट बढ्दो फोक्सोको क्यान्सर र दीर्धकालिन स्वास प्रस्वास सम्बन्धी रोगहरु मुख्य रुपमा रहेका छन् । द स्टेट अफ ग्लोबल एअर २०२० ले सन् २०१९ मा वायु प्रदुषणका कारण अनुमानित ४२,१०० जनाको ज्यान गएको छ । जुन सन् २०१५ (वि.स. २०७२) को महाभुकम्प भन्दा बढी छ । यसका साथै वायु प्रदुषण धेरै भएको क्षेत्रहरुमा बसोबास गर्ने कोभिड–१९ का विरामीहरुको मृत्यु हुने संभावना पनि उच्च रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

यसै सन्र्दभमा "USAId \ Kathmandu Clean Air Program"–स्वच्छ हावा” परियोजनालाई वायुको गुणस्तर सम्बन्धी नेपालको राष्ट्रिय मापदण्ड अनुरुप काठमाण्डौ उपत्यकामा वायुको गुणस्तर सुधार गरि स्वास्थ्य र शैक्षिक क्षेत्रमा सुधार ल्याउने एउटा अवसरको रुपमा लिन सकिन्छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) लगायतका साझेदार संस्थाहरु (HI360f, AIt, EPIC-India  One to Watch Pvt. Ltd) ले स्थानीय आवश्यकताको आधारमा समाधानहरुका उपाय निकाल्न काम गरि रहेको उपायहरुलाई नेपालमा वायु प्रदुषण रोकथाम तथा न्युनिकरणका नीति, निर्देशिकाहरु लागु गर्नको लागी प्रभावकारी ढंगले लागु गर्न सकिन्छ ।

यस परियोजनाको समग्र कार्य क्षेत्र उपत्यका भए पनि यहाँका प्राथमिकता आवश्यकताको आधारमा चाँगुनारायण नगरपालिकाबाट यस परियोजनाले आफ्नो क्रियाकलापहरुको सुरुवात गर्नेछ । जस अन्र्तगत बाँकी नगरपालिकाहरुमा प्रसार गर्नको लागी नमुना एवम् अनुकरणीय प्रदर्शन स्थलहरुको निर्माण चाँगुनारायण नगरपालिकालाई गरिने लक्ष्य परियोजनाले लिएकोछ ।

परियोजना अन्र्तगतको कार्यक्रमहरु जति सक्दो चाडो नगरपालिकामा संचालन गरि वायु प्रदुषणबाट यहाँको जनताहरुको स्वास्थ्यमा परि रहेको नकारात्मक असरलाई कम गर्ने उपायहरु अवलम्बन गर्न नगर प्रमुख जीवन खत्रीले परियोजना कार्यान्वयन गर्ने संस्थाहरुलाई अनुरोध गर्नु भएको छ ।

यस परियोजना संचालनको लागी आवश्यक समन्वय र सहजिकरणको लागी नगरपालिकाले वास संयोजक सुरेन्द्र लामिछानेलाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top