देवी कालीको हातमा चुरोट थमाएपछि भारतमा विवाद

0

 

देवी कालीको हातमा चुरोट थमाएपछि भारतमा विवाद

एजेन्सी । काठमाडौं ः लीना मनिमेकलाइको डकुमेन्ट्री फिल्म ’काली’को पोस्टर सार्वजनिक भएसँगै भारतमा एउटा तरंग फैलिएको छ । देवी कालीको अवतारमा देखिएकी अभिनेत्रीको हातमा चुरोट र लैंगिक अल्पसंख्यकको पहिचान देखाउने झण्डा देखिएपछि पोस्टर विवादमा तानिएको हो । 

तीन दिन अघि आफ्नो नयाँ प्रोजेक्ट कालीको पोस्टर फेसबुकमा पोस्ट गर्नासाथ लीना एकाएक चर्चामा आएकी थिइन् । देवीको आपत्तिजनक चित्रण गरेको भन्दै धेरैले उनको आलोचना गरेका छन् । भारतको दिल्ली र उत्तर प्रदेशमा उनीविरुद्ध प्रहरीमा एफआइआर समेत दर्ता भएको छ ।

उनीमाथि जानीबुझी धार्मिक भावनामा चोट पु¥याएको, धार्मिक असहिष्णुता फैलाएको जस्तो गम्भीर आरोप लागेको छ । गत हप्ता राजस्थानको उदयपुरमा भएको कन्हैयालालको हत्या केससँग जोड्दै लीनालाई पनि कडा कानूनी सजाय हुनुपर्ने माग गरेका छन् । त्यस्तै केहीले भने धर्मलाई बीचमा ल्याएर कुनै पनि सिर्जनालाई मार्न नहुने, हरेकलाई आफ्नो धर्म आफ्नै हिसाबले हेर्ने अधिकार रहेको भन्दै लीनाको समर्थन गरेका छन् । विवादपछि लीनाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, ’मसँग खानको लागि केही छैन । जबसम्म म जीवित छु, म एउटा यस्तो आवाज भएर बाँच्न चाहन्छु जो निडर भएर बोल्छ । यदि यसको मूल्य मेरो जिन्दगी हो भने पनि ठीक छ ।’

पोस्टरलाई लिएर यति धेरै उत्तेजित नहुन आग्रह गर्दै उनले लेखेकी छन्, ’यो फिल्ममा देखाइएको छ कि एउटा साँझ काली प्रकट भएर टोरन्टोको सडकमा घुम्न निस्किन्छिन् । यदि तपाईंले यो फिल्म हेर्नुभयो भने मेरो गिरफ्तारीको माग गर्नुको सट्टा मलाई प्रेम गर्न थाल्नुहुन्छ ।’ 

भारतको तामिलनाडुकी लीना कवि एवम् फिल्म लेखक तथा निर्देशक हुन् । उनी अहिले क्यानडाको टोरन्टोमा बसेर फिल्म निर्माण सम्बन्धी अध्ययन तथा यसमै काम गरिरहेकी छन् । सन २०१९ मा उनको निर्देशनमा बनेको ’मादाथीः एन अनफेयरी टेल’ नामक फिल्म विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा प्रदर्शन भएको थियो । 

गत जुलाई २ मा टोरन्टोमा आयोजित अन्डर द टेन्ट नामक कार्यक्रममा आफ्नो फिल्म ’काली’ प्रदर्शन हुन लागेकोमा उत्साहित छु भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पोस्टर एकाएक विवादमा तानिएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top