लोपोन्मुख ’तिलुङ’ भाषाको पठनपाठन खोटाङका विद्यालयमा सुरु

0

लोपोन्मुख ’तिलुङ’ भाषाको पठनपाठन खोटाङका विद्यालयमा सुरु


काठमाडौं । संविधानले नै आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिए लगतै स्थानीय तहले शिक्षा ऐन बनाएका छन् । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषा अनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् ।

यस्तैमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । हराउन लागेका अर्थात् लोपोन्मुख अवस्थामा रहेका भाषा संरक्षण तथा सम्वर्द्धनमा नगरपालिका जुटेको हो । नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । भाषा आयोगले तिलुङ भाषालाई नेपालको लोपोन्मुख भाषा घोषणा गरेको हो ।

लोपोन्मुख भाषा संरक्षणका लागि भाषा आयोगसँगको समन्वयमा हलेसी तुवाचुङ नगरपालिकाले लगानी गरेर यस अघिबाटै अनौपचारिक रुपमा तिलुङ भाषा पठनपाठन गरिरहेको थियो । लोपोन्मुख अवस्थामा रहेको उक्त भाषा संरक्षणका लागि नगरपालिकाले भाषाको डकुमेन्ट्री समेत बनाएको छ भने यस शैक्षिक सत्रबाट च्यास्मिटारका सामुदायिक विद्यालयहरुमा ऐच्छिक विषयका रुपमा १०० पूर्णाङ्कको तिलुङ भाषाको पुस्तक औपचारिक रुपमा पठनपाठन हुन सुरु भएको हो ।

नगरपालिकाले खरिद गरेर सोमबार च्यास्मिटार स्थित बाल विकास आधारभूत विद्यालयमा कक्षा १ को भाषाको पुस्तक नगर प्रमुख विमला राईले हस्तान्तरण गरेकी छन्। भाषा अध्ययन गराउन शिक्षक समेत नियुक्त गरिसकेको नगरपालिकाले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top