भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय/कलेज

0

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय/कलेज

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) २०७८ को नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरु कक्षा ११ पढाइ हुने उत्कृष्ट विद्यालयको खोजीमा रहेका छन् । उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रुपमा रहेको कक्षा ११ र १२ को पढाइका लागि विद्यार्थीहरु बिभिन्न बिद्यालयको खोजीमा भौतारिने गरेको छ । उनीहरु कुन विषय कहाँ पढाई हुन्छ ?, कहाँ राम्रो र उत्कृष्ट पढाइ हुन्छ ? ती विद्यालयको खोजीमा लागेका छन् ।

विद्यार्थीहरुले कलेजमा विद्यार्थी संख्या, कलेजले हासिल गरेको विगतको शैक्षिक उपलब्धि तथा विद्यार्थीको व्यक्तित्व विकासका लागि के कस्ता क्रियाकलाप हुन्छन ? सोको मूल्यांकनका आधारमा विद्यालय रोज्ने गरेका छन् ।

यतिमात्र नभएर विद्यार्थीले आफ्ना सहपाठीको रोजाइ, आफूभन्दा सिनियर दाजु, दिदीको सिफारिश र अनुभव अनि अभिभावकको सिफारिशमा पनि विद्यालय रोज्ने गरेका छन् ।

माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएसँगै अहिले कक्षा ११ पढाइ हुने विद्यालयको संख्या भक्तपुरमा पनि बढिरहेको छ । विद्यालयले हासिल गरेको शैक्षिक नतिजामा विगत दुई वर्षमा विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनले असरमात्र नभएर शंका समेत गर्ने अवस्था सिर्जना गरेको छ ।

यही सन्दर्भमा हामीले भक्तपुरका केही उत्कृष्ट विद्यालयहरु कुन कुन हुन् भनी ती कलेजहरुमा रहेका विद्यार्थी संख्या र तिनीहरुले विगतमा हासिल गरेको शैक्षिक उपलब्धिलाई केलाएका छौं ।

भक्तपुरको शैक्षिक स्तर माथि उकास्नमा तुलनात्मक रुपमा बढी भूमिका खेलिरहेको देकोचास्ति भक्तपुर नगरपालिकाबाट संचालित ख्वप माध्यमिक विद्यालय अधिकांश विद्यार्थीको पहिलो रोजाइको विद्यालय बन्ने गरेको छ । त्यही लहरमा भक्तपुरको अर्को सामुदायिक बिद्यालय च्याम्हासिंहस्थित वागीश्वरी माध्यमिक विद्यालय पनि पर्दै गएको छ । विद्यालयले हरेक वर्ष हासिल गरेको उत्कृष्ट नतिजाका कारण वागीश्वरी विद्यालय पनि विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

यसका साथै निजी तर्फ दधिकोटको मोर्डन स्कुल, मध्यपुर थिमिको चाणक्य कलेज, सिबर्ड, एसएस कलेज तथा सल्लाघारीको निकल्सन कलेज पनि विद्यार्थीको पहिलो रोजाइको विद्यालय÷कलेज बन्दै गएका छन् ।

ख्वप कलेज

कोरोनाकाल पूर्व राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजाको आधारमा पहिलो रोजाइमा परेका विद्यालयहरुमध्ये २०७४ सालमा ख्वप कलेजमा कक्षा ११ मा ९७५ विद्यार्थी भर्ना भएका थिए । 

तिनीहरुमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १८

३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी १४३

२.८१ देखि २.८० जिपिए ल्याउनको संख्या ३४२

२.४१ देखि २.८० जिपिए ल्याउने ३१६

२.०१ देखि २.४० जिपिए ल्याउनेको संख्या ११५

१.६१ देखि २.०० जिपिए ल्याउनको संख्या २५

१.२१ देखि १.६० जिपिए ल्याउनको संख्या ३

०.८१ देखि १.२० जिपिए ल्याउनेको संख्या ०

० देखि ०.८० जिपिए ल्याउनेको संख्या १३ रहेको थियो ।

सोही विद्यालयको २०७३ सालको कक्षा ११ को परीक्षामा ७६.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय÷कलेज

वागीश्वरी मावि

त्यसैगरी च्याम्हासिंहको वागीश्वरी माविमा कक्षा ११ मा ६८० विद्यार्थी भर्ना भएका थिए ।

तिनीहरुमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३

३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी २२

२.८१ देखि २.८० जिपिए ल्याउनको संख्या ७६

२.४१ देखि २.८० जिपिए ल्याउने १४८

२.०१ देखि २.४० जिपिए ल्याउनेको संख्या १९०

१.६१ देखि २.०० जिपिए ल्याउनेको संख्या १५३

१.२१ देखि १.६० जिपिए ल्याउनको संख्या ५४

०.८१ देखि १.२० जिपिए ल्याउनेको संख्या ७

० देखि ०.८० जिपिए ल्याउनेको संख्या २७ रहेको थियो ।

सोही विद्यालयको २०७३ सालको कक्षा ११ को परीक्षामा ५५..७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय÷कलेज

मोर्डन बोर्डिङ स्कुल/कलेज

त्यसैगरी थिमिको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ११ मा ३३२ विद्यार्थी भर्ना भएका थिए ।

तिनीहरुमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ०

३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी ४२

२.८१ देखि २.८० जिपिए ल्याउनको संख्या ८२

२.४१ देखि २.८० जिपिए ल्याउने ७३

२.०१ देखि २.४० जिपिए ल्याउनेको संख्या २६

१.६१ देखि २.०० जिपिए ल्याउनेको संख्या ६

१.२१ देखि १.६० जिपिए ल्याउनको संख्या १

०.८१ देखि १.२० जिपिए ल्याउनेको संख्या ०

० देखि ०.८० जिपिए ल्याउनेको संख्या २ रहेको थियो ।

सोही विद्यालयको २०७३ सालको कक्षा ११ को परीक्षामा ८९..९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय÷कलेज

चाणक्य मावि/कलेज

त्यसैगरी थिमिको चाणक्य माविमा कक्षा ११ मा ३२३ विद्यार्थी भर्ना भएका थिए ।

तिनीहरुमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ०

३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी २५

२.८१ देखि २.८० जिपिए ल्याउनको संख्या ८७

२.४१ देखि २.८० जिपिए ल्याउने ११२

२.०१ देखि २.४० जिपिए ल्याउनेको संख्या ७३

१.६१ देखि २.०० जिपिए ल्याउनेको संख्या १४

१.२१ देखि १.६० जिपिए ल्याउनको संख्या ५,

०.८१ देखि १.२० जिपिए ल्याउनेको संख्या ०

० देखि ०.८० जिपिए ल्याउनेको संख्या ७ रहेको थियो ।

सोही विद्यालयको २०७३ सालको कक्षा ११ को परीक्षामा ८३..२७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय÷कलेज

सिबर्ड इन्टरनेशनल कलेज

यसैगरी सिबर्ड इन्टरनेशनल कलेजमा कक्षा ११ मा २०२ विद्यार्थी भर्ना भएका थिए ।

तिनीहरुमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २

३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी २४

२.८१ देखि २.८० जिपिए ल्याउनको संख्या ६४

२.४१ देखि २.८० जिपिए ल्याउने ४५

२.०१ देखि २.४० जिपिए ल्याउनेको संख्या ४०

१.६१ देखि २.०० जिपिए ल्याउनेको संख्या १२

१.२१ देखि १.६० जिपिए ल्याउनको संख्या ४

०.८१ देखि १.२० जिपिए ल्याउनेको संख्या ०

० देखि ०.८० जिपिए ल्याउनेको संख्या ११ रहेको थियो ।

सोही विद्यालयको २०७३ सालको कक्षा ११ को परीक्षामा ७७..२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय÷कलेज

निकल्सन कलेज/स्कूल

सल्लाघारीको निकल्सन कलेजमा कक्षा ११ मा ५३ विद्यार्थी भर्ना भएका थिए ।

तिनीहरुमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ०

३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी १

२.८१ देखि २.८० जिपिए ल्याउनको संख्या १०

२.४१ देखि २.८० जिपिए ल्याउने ९

२.०१ देखि २.४० जिपिए ल्याउनेको संख्या ११

१.६१ देखि २.०० जिपिए ल्याउनेको संख्या १७

१.२१ देखि १.६० जिपिए ल्याउनको संख्या ३

०.८१ देखि १.२० जिपिए ल्याउनेको संख्या ०

० देखि ०.८० जिपिए ल्याउनेको संख्या २ रहेको थियो ।

सोही विद्यालयको २०७३ सालको कक्षा ११ को परीक्षामा ६७..७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय/कलेज

एसएस कलेज

थिमिको एसएस कलेज नाम गरेको सनसाइन माविमा कक्षा ११ मा १३० विद्यार्थी भर्ना भएका थिए ।

तिनीहरुमध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ०

३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी १२

२.८१ देखि २.८० जिपिए ल्याउनको संख्या १९

२.४१ देखि २.८० जिपिए ल्याउने ४५

२.०१ देखि २.४० जिपिए ल्याउनेको संख्या २६

१.६१ देखि २.०० जिपिए ल्याउनेको संख्या १७

१.२१ देखि १.६० जिपिए ल्याउनको संख्या ६

०.८१ देखि १.२० जिपिए ल्याउनेको संख्या १

० देखि ०.८० जिपिए ल्याउनेको संख्या ४ रहेको थियो ।

सोही विद्यालयको २०७३ सालको कक्षा ११ को परीक्षामा ६२.०७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

भक्तपुरका उत्कृष्ट ११ र १२ पढाई हुने उत्कृष्ट विद्यालय/कलेज



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top