भक्तपुर नगर भित्रका तारहरु व्यवस्थित गरिने

0

भक्तपुर नगर भित्रका तारहरु व्यवस्थित गरिने


भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७९ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुलका तारहरु व्यवस्थित गर्ने विषयमा बिहीबार सरोकारवालाहरु समेतको बैठक बसेकोछ ।

बैठकले गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो भूमिका निर्वाह गर्ने, सापारुको प्रदक्षिणा मार्ग र महत्वपूर्ण चोक तथा सडकहरूमा अस्तव्यस्त रुपमा राखिएका बिजुली, टेलिफोन तथा इन्टरनेट र केबुलका तारहरू साउन २० गतेभित्र सम्बन्धित पक्षले आ–आफ्ना तारहरू व्यवस्थापन गर्ने निर्देशन दिने निर्णय गर्यो ।

भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गर्ने निर्णय गरेका छन् । उक्त बैठकले गाईजात्रा प्रदक्षिणा मार्गमा अस्तव्यस्त राखिएका तारहरू साउन २० गतेपछि नगरपालिकाले नै हटाउने र त्यस क्रममा हुने खर्च तथा जरिवाना सम्बन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरेको जानकारीदिएको छ ।

बैठकले गाईजात्रा अवधिभर लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणसँग अनुुरोध गर्ने र गाईजात्रा पर्वमा प्रदर्शन गरिने घिन्ताङघिसी नाच तथा सांस्कृतिक प्रदर्शनीहरू देश—विदेशका सबै नागरिकले सहज ढंगबाट अवलोकन गर्न पाउने सुविधाको लागि टेलिभिजन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top