नेपालीसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिऊँ– प्रेम सुवाल

0

नेपालीसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिऊँ– प्रेम सुवाल


काठमाडौं । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधी सभा सदस्य प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन् । उनले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन् । 

उनले कृत्रिम नागरिकता लिन पनि नेपालको संस्कृतिबारेमा लिखित परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालको नागरिकतासम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई पनि बन्द गर्नुपर्ने बताए । 

सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताएका छन् । उनले भने – ‘नेपालीसँग विवाह गरेका विदेशी, महिला वा पुरुषलाई नेपालको कृत्रिम नागरिकता दिन सकिन्छ । कहिले दिने, त्यो २० वर्षपछि । कृत्रिम नागरिकता लिनेले नेपालको संस्कृतिबारे लिखित परीक्षा उत्तिर्ण गर्नुपर्छ ।’

उनले संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्ने बताए । उनले महिला र पुरुष बाहेकका लिङ्गको नागरिकता दिनका लागि चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्ने बताए । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top