भक्तपुर । युथ कर्नर क्लव काठमाडौंले असार १७ गते शनिवार तेस्रो बिद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । कक्षा १ देखि ३ सम्म समूह “क“, कक्षा ४ देखि ६ सम्म समूह “ख“, कक्षा ७ देखि ९ सम्मको समूह “ग“ र कक्षा १० देखि १२ सम्म “घ“ गरि चार समुहमा बिभाजन गरि आयोजित उक्त प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट करिव सय वटा बिद्यालयबाट ६१५ जना बिद्यार्थीहरूको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक नवीन श्रेष्ठले जानकारी दिनुभएको छ ।
समूह “क“ र “ख“ का प्रतिस्पर्धी बिद्यार्थीहरूलाई बिना शीर्षक, समूह “ग“ का बिद्यार्थीहरूलाई वातावरण र पर्यटन बिषयक र समूह “घ“ का बिद्यार्थीहरूलाई पर्यटन बिकासमा सम्पदाको महत्व बिषयक शिर्षकमा भएको प्रतियोगितामा समुह “क“ बाट अन्नपुर्ण माध्यमिक बिद्यालयका शुसन शेर्पा प्रथम, सृजना ज्ञानसागर माबिका बिनिसा न्यौपाने द्वितीय, निर्भना एकेडेमीका प्रनिता थापा तृतिय, श्रीकुमारी माबिका श्रृयानी महर्जन चौथो र रिपुमाद्रिनि सैनिक महाबिद्यालयका युजिन देवकोटा पाँचौ भएको थियो ।
त्यसैगरी समूह “ख“ बाट श्रीकुमारी माबिका स्मृति श्रेष्ठ प्रथम, अन्नपुर्ण माबिका रोसिका घिसिङ द्वितीय, कौशल ईङ्लिस स्कुलका जेम्स श्रेष्ठ तृतिय, पाठशाला नेपाल फाउन्डेसनका अनमोल राजभण्डारी चौथो र सैनिक आवासिय बिद्यालयका पेनछेनबिमला तामाङ पाँचौ भएको थियो ।
त्यसैगरी समूह “ग“ बाट सरस्वती निकेतनका सुष्मा श्रेष्ठ प्रथम, कौशल ईङ्लिस बोडिङ स्कुलका सम्यम अधिकारी द्वितीय, रमाईलो पाठशालाका रोजी डंगोल तृतिय श्रीकुमारी माबिका न्हुजला बज्राचार्य चौथौ, श्री पद्म बिद्याश्रमका प्रशान्त श्रेष्ठ पाँचौ भएको थियो ।
त्यस्तै समूह “घ“ बाट कुमादिनि कुञ्ज माबिका स्मृति महर्जन प्रथम, बिश्वनिकेतन माबिका प्रशन्नजीत शाक्य द्वितिय, सैनिक आवासिय महाबिद्यालयका रसिक बहादुर भण्डारी तृतिय, समृद्धि बिद्यालयका रिदिसा श्रेष्ठ चौथौ, सृजना कलेज एण्ड फाईन आर्टका दिनेश घर्तिमगर पाँचौ भएको थियो ।
बिजयी बिद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौलाई हुनेहरूलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार, १ हजार र पाँच सय नगद पुरस्कार सहित मेडल सहित प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।
बिजयी, सहभागी बिद्यालय तथा सहभागी बिद्यार्थीहरूलाई पुरस्कार बितरण गर्दै भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरले शिक्षाको बिकासमा खेलेको महत्व माथि प्रकाश पार्नुहुँदै बिद्यार्थीहरूमा भएको कला प्रस्फुटन गर्ने सशक्त एउटा माध्यम चित्रकला पनि एक भएको बताउनुभयो । चित्रकला माध्यमबाटै देशको नाम बिश्वमै फैलाउन सकिने भन्दै नगरप्रमुख प्रजापतिले यस प्रकारको कार्यले भक्तपुरको धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कला, संस्कृतिको समेत प्रचारप्रसारमा योगदान पुग्ने भन्दै कार्यक्रमको प्रशंसा गर्नु गर्नु भएको थियो ।
कार्यक्रममा कार्यक्रम संयोजक श्रेष्ठले विभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई उपत्यकाको आफ्नो ऐतिहासिक शहरहरूको परिचय र उक्त स्थानमा रहेको प्राचीन कला, संस्कृति र सम्पदाहरूको ज्ञान दिने प्रमुख उद्देश्यले सो चित्रकला प्रतियोगिताको आयोजना गर्दै आईरहेको बताउनुभयो ।
क्लवका संरक्षक तथा अनुगमन समितिका संयोजक ई.रामबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, नेपाल ललित कला प्रतिष्ठानका कुलपति केके कर्माचार्य, बरिष्ठ चित्रकार तथा निर्णायकहरू गोबिन्दलाल सिं डंगोल, चित्रकार श्रीभक्त प्रजापति, कोषाध्यक्ष हरेराम जोशी लगायतका ब्यक्तिले कार्यक्रमको महत्वका बारेमा बोल्नु भएको थियो
।