काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ।
फोनिजको २३ औं स्थापना दिवसमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फोनिजले छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरेको हो।
फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरेको छ। पुरस्कार संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रदान गरेका थिए।
फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिं कुलुङ र पूर्व अध्यक्षद्वय खिम घले तथा मोहनसिं लामालाई अभिनन्दन पनि गरेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
