उपराष्ट्रपति पुनद्वारा मध्यपुर थिमिको भैरव नाच अवलोकन

0

उपराष्ट्रपति पुनद्वारा मध्यपुर थिमिको भैरव नाच अवलोकन


काठमाडौं । नेपाल सरकारका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले मध्यपुर थिमिको लायकु भैलः नाच अवलोकन गरेका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुगेका उनले एक घण्टासम्म नाच अवलोकन गरेका हुन् । 

गाईजात्राको भोलिपल्टबाट चार रातसम्म थिमिका बालकुमारीबाट चपाचोको गुँगचिवासम्मका विभिन्न टोलमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष मध्यपुर थिमिमा दिगुटोलमा महांकाली नाच, इन्द्र अप्सरा, भष्मासुर र अष्टमातृको गण नाच र बोदेमा निलबाराही नाच प्रदर्शन भइरहेको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको नाच अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व मध्ये पहिलो हुन् ।

नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रबद्र्धन फोरम समेत गठन गरिएको छ । फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासन मन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकन गर्न औपचारिक रुपमा निम्तो दिएको छ । 

यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकको लागि स्थानीय स्तरका पसल तथा बास बस्नको लागि होटलको व्यवस्थापन गरिएको छ । थिमिको तत्कालीन दरबार (लायकू)बाट निकालिने भएर मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ ।

नेपाल सम्बत ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोदेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गरेका उल्लेख छ । किंवदन्ती अनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरूले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीकै आज्ञा बमोजिम नाच सुरु गरेको हो । भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा ५ देवगणहरुको सहभागिता रहन्छ । शनिबारबाट सुरु भएको नाच प्रत्येक राती करिव ९ बजेदेखि सुरु हुन्छ । मध्यपुर थिमिमा श्रावण ३१ गतेसम्म नाचहरु संचालन हुन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top