मध्यपुर थिमि नगरपालिकाबाट नीलबाराही गणनाचलाई पूजा अर्पण

0

 

मध्यपुर थिमि नगरपालिकाबाट नीलबाराही गणनाचलाई पूजा अर्पण

मध्यपुर थिमि । मध्यपुर थिमिको बोदे नगरमा हरेक बर्ष सापारुको भोलीपल्ट अर्थात दुतीया देखि पञ्चमीसम्म तीन रात चार दिन नचाइने परम्परा रहेको छ । सो ऐतिहासिक निलबाराही गण नाचलाई मध्यपुर थिमि नगरपालिकाद्वारा पूजा अर्पण गरेको छ ।

वडा नं ८ को संयोजनमा नगरपालिकाले पूजा गरेको हो । बोदेस्थित भांगुटोल (महालक्ष्मी स्थान)मा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठ, वडा सदस्यहरू, कर्मचारीहरू लगायतले निलबाराहीको पूजा गरेको हो ।

निलबाराही गणनाचमा भैरब–१, बाराही–४, कुमारी–४, सिंह–४, द्वारपाल–२ तथा गणेश ४ गरि १९ जना देविदेवताहरूको नाच हुने गर्दछ । स्थानीय द्यःछेँ( अःखा) बाट निस्किएर निलबाराही गणनाच बोदेको लाछि, लाकुछेँ, लाय्कु, बिष्णुघाट, भांगु, खाँसि हुँदै पुनः लाछिटोलबाट द्यःछेँमा प्रवेश गरी समापन गरिन्छ । निलबाराही गणनाचप्रति बोदेबासि लगायतको अगाध विश्वासका कारण पूजा गर्नेहरूको घुँईचो लाग्ने गर्दछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top