काठमाडौं । तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सबै सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि फिल्म निर्माणमा धान्नै नसक्ने गरी खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।
अब अर्को साताबाट फेरि फिल्मको सुटिङ कार्य सुरु हुने भएको छ । केही महत्वपूर्ण परिवर्तन गरेर चलचित्रको छाँयाकन गर्न लागिएको गिल्डले जनाएको छ । गिल्डका अनुसार पहिले जस्तै अब कुनै पनि कलाकारले दैनिक पैसा नपाउने र फिल्म हलमा रिलिज भएपछि कम्तीमा ८ हप्तापछि मात्र ओटीटीमा रिलिज गर्न सकिनेछ ।
गिल्डले विज्ञप्ति जारी गर्दै समस्याको समाधान नभएसम्म सबै छायाङ्कन कार्य रोक्ने जनाएको थियो । ‘एकपटक सबै फिल्म निर्माताबीच गम्भिरतापूर्वक छलफल हुनु जरुरी छ,’ गिल्डले विज्ञप्तिमा भनेको थियो ‘फिल्मको इकोसिस्टमलाई अझै राम्रो बनाउने र स्वस्थ वातावरणमा फिल्म रिलिज गर्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो । यस सम्बन्धमा हाम्रा सबै सदस्यले अगस्ट १ देखि स्वेच्छिक रुपमा सबै छायांकन रोक्ने निर्णय गरेका छौं ।’ –एजेन्सी




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
