भक्तपुर क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यमा दावेदार मदनकृष्ण श्रेष्ठ

0

भक्तपुर क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यमा दावेदार मदनकृष्ण श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ


भक्तपुर । नेपाली काँग्रेसका युवा नेताको रुपमा परिचित मध्यपुर थिमि नगरपालिकाका संस्थापक निर्वाचित नगरप्रमुखको रुपमा सफल कार्यकाल सम्हालि सक्नुभएका सक्रिय मदन कृष्ण श्रेष्ठ मध्यपुर थिमि नगरपालिका वडा नम्वर ४ साविक बालकुमारी गाविस वडा नं २ मा २०२३ सालमा जन्मनुभएका श्रेष्ठ नेपालमा प्रजातन्त्र प्राप्तीका लागि १९ वर्षमा नै जेल पर्नु भएको थियो ।

स्कुल जीवनदेखि नै विद्यार्थी राजनीतिमा नेपाल बिद्यार्थी संघ मार्फत राजनीतिमा लाग्नुभएका मदन आफ्ना दाजुको राजनीतिक जीवनबाट प्रभावित हुनुभएको थियो । दश वर्षको उमेर देखि नै नेपाली काँग्रेसका विभिन्न शिर्ष नेताहरुबाट प्रभावित हुनु भएको थियो ।

तत्कालिन बालकुमारी गाविसमा २ कार्यकाल प्रधानपञ्च तथा एक कार्यकाल उपप्रधान पञ्च हुनु भएका दाजु प्रेमकुष्ण श्रेष्ठलाई भेट्न आउने विभिन्न नेपाली काँग्रेसका नेताहरुको प्रभावमा पर्नु भएका श्रेष्ठ विद्यालय तह देखि नै राजनीतिक यात्रामा संलग्न हुनु भएको थियो ।

तात्कालिन समयमा विद्यालयमा पनि स्ववियूको निर्वाचन हुँदा उहाँ आफ्नो कमिटि बनाउने कसलाई चुनावमा उठाउने भन्ने कुरामा प्रत्यक्ष रुपमा संलग्न हुँदै आउनुभएको थियो । २०४० सालमा एसएलसी पास गरेपछि मिनभवन स्थित कर्मस क्यापसमा स्व. बि. यू. सदस्यमा निर्वाचित हुनु भएको थियो ! पढदै गर्दा सत्याग्रह आन्दोलनमा उहाँ जेल पुग्नु भयो । २०४२ मा नै जेल पर्नु भएका उहाँ तात्कालिन समयमा ९ महिना २ दिन जेलमा बस्नु पर्यो । सत्याग्रह आन्दोलनमा संलग्न मध्यमा उहाँ धेरै पछि मात्र नख्खु जेलबाट मुक्त हुने नेतामा पर्नु हुन्छ ।

जेल जीवन पश्चात भक्तपुर जिल्लामा संगठन बिस्तार गर्ने जिम्मेवारीका साथ श्रेष्ठ नेपाली काँग्रेस जिल्ला सदस्य हुनुभयो । लेखनाथ न्यौपानेको सभापति कालमा जिल्ला सदस्य हुनुभएका श्रेष्ठ उहाँकै कार्यकालमा २०४५ सालमा जिल्ला कोषाध्यक्ष समेत हुनुभएको थियो । यस्तै २०४८ सालमा २ नं क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएका श्रेष्ठ दोस्रो कार्यकालका लागि २०५२ सालमा पुन निर्वाचित हुनुभएको थियो ।

दोस्रो कार्यकालका लागि २ नं क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएका श्रेष्ठ सोही कार्यकालमा मध्यपुर थिमी नगरपालिकाको नगर प्रमुखमा विजयी हुनुभएको थियो । मध्यपुर थिमि नगरपालिकाको पहिलो मेयरका रुपमा उहाँले जनताको सेवा गर्ने मौका पाउनु भएको थियो । तात्कालिन पाँच गाविस मिलेर बनेको नगरपालिकामा विभिन्न समस्याहरु थिए । उक्त समस्या समाधान तथा नगरलाई नगरको रुपमा परिणत गर्न उहाँको ठूलो योगदान रहेको छ ।

तत्कालिन मेयरमा विजयी हुनु भएका उहाँ लामो समय स्थानीय निर्वाचन नहुँदा समेत मध्यपुरको विकासमा लागि नै रहनुभयो । उहाँकै पहलमा हाल मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्थापना, मध्यपुर थिमि नगरपालिकामा रहेको ऐतिहासिक पाटी पौवाहरुको पुनःनिर्माणमा दातु निकाय जिटिजेड र युडिएलको सहयोग प्राप्त गरि निर्माण भएको थियो । नेपालमा परिर्वतनका लागि भएको जनआन्दोलनमा सक्रिय भएर लाग्नुभएका उहाँ २०६२÷०६३ को जनआन्दोलनमा समेत पक्राउ पर्नु भएको थियो । तात्कालिन समयमा उहाँ नेपाली काँग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो ।

हाल १४ औं महाधिबेशनबाट नेपाली काँग्रेस केन्द्रिय सदस्य रहनुभएका श्रेष्ठ भक्तपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यका प्रमुख दावेदारका रुपमा रहनुभएको छ ।

उपत्यकाको जिल्ला, राजनैतिक, सामाजिक,तथा सवै खाले परिवर्तनमा महत्वपुर्ण भूमिका निभाएको भक्तपुर जिल्ला केन्द्रिय राजनैतिक प्रतिनिधित्वमा भने पछि परेको थियो । यो पछ्यौटे पनलाई चिर्दै उहाँ हाल केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । भक्तपुरको इतिहासमा आदरणीय नेता जगन्नाथ आचार्य केन्द्रिय सदस्य तथा मन्त्रि समेत हुनु भएको छ । नेपाली काँग्रेस भक्तपुरका संस्थापक सभापति ऐश्वर्यलाल प्रधानाङ्ग राज्य मन्त्रि हुनु भएको छ ।

सो बाहेक पार्टीको केन्द्रिय नेतृत्वमा भक्तपुर पछि परेको थियो तर मदन कृष्ण लगायत तीन जना हाल भक्तपुरले केन्द्रिय सदस्य पाउन सफल भएको छ । पार्टीको सानो इकाइ देखि केन्द्रिय सदस्य सम्म त्याग र तपस्याका साथ पार्टी संगठन तथा विभिन्न जिम्मेवारी लिई पार्टी संगठनको विस्तार विकासमा जुटेका श्रेष्ठ भक्तपुर क्षेत्र नम्वर २ मा बलियो उम्मेदवारका रुपमा रहनुभएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top