युवा जनशक्ति विदेश पलायन भएकोप्रति माननीय बसन्त मानन्धरको चिन्ता

0

युवा जनशक्ति विदेश पलायन भएकोप्रति माननीय बसन्त मानन्धरको चिन्ता


भक्तपुर वाग्मती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय बसन्त मानन्धरले युवा जनशक्तिलाई स्वदेशमै आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुरको थिमिस्थित सिवा सायमि खलःले सम्पन्न गरेको नागरिक अभिनन्दन पत्र हस्तान्तरण कार्यक्रममा मन्त्री मानन्धरले सांस्कृतिक सेतुमार्फत युवाहरुलाई स्वदेशमै आकर्षित गर्नसकिने तर्क गरे । ‘सांस्कृतिक गतिविधि गर्नैपर्छ । त्यसको अलावा पेशागत र व्यावसायिक क्षेत्रमा प्रोत्साहित गर्नसके युवाहरुलाई स्वदेशमै आकर्षित गराउन सकिन्छ ।’ मन्त्री मानन्धरको भनाइ थियो ।

हुनपनि राजनीतिले वैचारिक समुहलाई विभक्त गर्ने र सांस्कृतिक गतिविधिले जोड्ने सैद्धान्तिक अवधारणा छ । यसलाई सन्तुलित ढंगले आत्मसाथ गराउन सके युवाहरुलाई स्वदेशमै आकर्षित गराउन सकिन्छ । सांस्कृतिक पर्यटनको विकास गरी युवा जमातलाई अर्थव्यवस्थासँग जोडेर रोजगारी सिर्जना गरी कला र संस्कृतिमा रमेका युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ ।
एउटा फरक सन्दर्भमा उहाँले भक्तपुर जिल्ला मानन्धर युवा संघसँगको समन्वयमा भक्तपुर चेम्बर अफ कमर्सले अगाडि सारेको तोरीको तेललाई ब्राण्ड बनाउने योजनालाई प्रशंसा गरे । मन्त्री मानन्धरले स्थानिय उत्पादनको रुपमा रहेको तोरीको तेल, जुजु धौ, कालो टोपी, चिउरा, लोकल रक्सी लगायतलाई प्रवद्र्धन गर्ने क्षेत्रमा आफ्नो साथ र समर्थन रहने समेत बताए ।
खलःले गत महिना सम्पन्न गरेको २४ औं साधारणसभा तथा ८ औं अधिवेशनमा घोषणा गरे बमोजिम मन्त्री मानन्धरलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेको हो । खलःका अध्यक्ष मनोज लाल मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा खलःका पूर्व अध्यक्ष न्हुछेरत्न मानन्धर, अष्टरत्न मानन्धर, कुमारलाल मानन्धर लगायतले आआफ्नो विचार पोखेका थिए । मध्यपुर थिमि नगरपालिकाको आ.व. २०७८–०७९ को वार्षिक विनियोजित बजेटबाट निर्माण सम्पन्न गरी गत असार मसान्तमा उद्घाटन गरेको लायकू साः सामुदायिक भवनमा मन्त्री मानन्धरलाई नागरिक अभिनन्दन पत्र हस्तान्तर कार्यक्रम सम्पन्न गरेको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top