भ्यागुताहरूलाई भोज (ब्याँजाः)

0

 

भ्यागुताहरूलाई भोज (ब्याँजाः)

काठमाडौं । भक्तपुरमा  प्रत्येक वर्ष जनैपूर्णिमा अर्थात् क्वाःती पुन्हीको दिन आ–आफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् । यो दिन क्वाःती (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको तातो झोलको परिकार) बनाएर खाने चलन छ । यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानै आ–आफ्नो खेतमा पुग्छन् । भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि ? भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताको भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो । भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा ब्याँ चा जाःनक वनेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् । जहाँं व्यांको अर्थ भ्यागुतो र जाःनक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने हो ।

बिहीबार बिहानैदेखि आ–आफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरु जताततै भेटिएका थिए ।

भोजका परिकारमा क्वाटी, फलफूल, चामलको भात, सुपारी लगायतका खाद्य सामाग्री हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ आएको छ । भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतासहित आफूलाई पनि रोटी, क्वाःती सहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ । संस्कृतिविद् डा. वीरेन्द्र कायष्ठले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् डा. कायष्ठ बताउँंछन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top