मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा मनाईन

0
मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा मनाईने


भक्तपुर । यस बर्ष पूर्णिमा र सापारु एकै दिन अर्थात पारु तुत भएको जनाउँदै पंचाङ निर्यायक समितिले निकालेको पात्रोमा उल्लेख छ । यही दुबिधा अन्तको लागि मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ । नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन साउन २७ उल्लेख छ । नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकैदिन २ पर्व मनाउन व्यावहारिक नभएको बताएको थियो । उनीहरूले ज्योतिषशास्त्र अनुसार तिथिमिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भए पनि नेवारी संस्कृतिमा कतिपय अवस्थामा सो अव्यावहारिक हुने गरेको विषय उठान गरेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । 

पात्रोअनुसार साउन २६ गते बिहान पौने ११ बजेदेखि २७ गते बिहान सवा ७ बजेसम्म पुर्णिमा तिथि रहेको छ । सोअनुसार २६ गते नै जनैपूर्णिमा मनाउने निर्णय गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । छलफलमा वडा नम्बर ८ बादेकोे निलबाराही देवगणको द्यः प्याखँ गाईजात्राको भोलिपल्ट द्वितीयादेखि प्रदर्शन गर्नुपर्ने परम्परा रहेकाले सोही अनुसार गर्न २७ गते गाईजात्रा मनाउनुपर्ने सुझाव द्यः प्याखँका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले दिनुभएको थियो ।

थिमिको लाय्कू भैलः प्याखँका गुरु अर्जुन श्रेष्ठले पनि ललितपुर र भक्तपुरका ज्योतिष र संस्कृतिकर्मीसँग छलफल गरी भैलः प्याखँ पनि साउन २८ गते प्रदर्शन गर्ने तयारी भएको जानकारी दिँदै स्थानीयले सोहीअनुसार तयारी गरेको बताउनुभयो । छलफलमा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष, स्थानीय संस्कृतिकर्मी र थिमिमा ज्योतिषविद्को सहभागिता रहेको थियो । यसअघि भक्तपुर नगरपालिकाले पनि तलेजुका पुजारीसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।

नेपाल मन्दलमा बसोबास गर्ने नेवारहरुको जात्रा पर्वहरु तिथी अनुसार हुने र बिगतमा पनि पर्वहरुलाई असर नहुने गरि परम्परा चल्दै आएकोमा हाल तिथीमा साईतलाई जोडेर जात्रा पर्वहरु समेत एकैदिन मनाउनु पर्ने मानसिकता थोपर्ने कार्य बिज्ञहरुबाटै भइरहेको छ । हाम्रो नेवारी परम्परामा जात्रा पर्वहरु बिहानीको उज्यालोबाट जुन तिथी पर्दछ त्यही अनुसार मनाइने र अन्य शुभकार्यहरुको लागि मात्र साईत हेरेर कार्य गर्नुपर्ने मान्यता रहेको हाम्रा पुर्खा र बिज्ञहरुबाट बारम्बार उल्लेख भइ आएको र पंचाङ निर्णायक समितिले समेत पंचाङ तयार गर्दैको अवस्थामा बिज्ञहरुबाट सुझाब संकलन गर्ने गरेकोमा पचाङ प्रकाशन पछि मात्र विवाद खडा गरेर नेपाली नागरिकको परम्परागत पर्व मास्ने कार्य हुने गरेको छ । यस प्रकारको कार्य आगामी दिनमा रोक्न सरोकारवालाहरु अघि बढ्न आवश्यक छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top