काठमाडौं । मध्यपुरथिमिबाट व्यापार व्यवसाय र अन्य कारणबाट आफ्नो ज्न्मथलो छाडेर उपत्यका लगायत नेपालका बिभिन्न स्थानमा बसोबास गरिरहेका थिमिबासीहरुको साझा संस्था शान्ति खलःले आफ्नो बार्षिक कार्यक्रम खलःका सदस्यहरुका जंको (भिमरथारोहण) सकिएका माता पिताहरुको सम्मान तथा गत साल एसइइ परिक्षामा सफल भएका सदस्यका छोराछोरीहरुलाई शैक्षिक सम्मानबाट सम्मान गरिएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनको हलमा भएको सम्मान कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र दानपति श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा खलःका सल्लाहकार तथा पूर्वमन्त्री ओमकार श्रेष्ठले उपत्यकाबाट स्थानीय नेवार समुदाय अल्पमतमा परिसकेको अवस्थामा सबै नेवार समुदाय एक भएमात्र नेपालको मौलिक परम्परा जागाउन सकिने बताउँदै नेपालबाट नेपालकै पहिचानको रुपमा रहेका मौलिक साँस्कृतिक परम्पराहरु एक पछि अर्को गर्दै लोपहुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै अबको दिनमा हामी नेवार समुदाय एक ढिक्का नहुने हो पनि आउने पुस्ताले आफ्नो संस्कृति भुल्ने बताउनु भयो । यो कार्यमा शाान्ति खलःले पहल गर्नुपर्ने बताउँदै आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिमा नेवारी कला, संस्कृति र सम्पदाको संरक्षणमा नगरपालिकाले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा निरन्तर सहयोग गर्दै नेपालको मौलिक सम्पदाको संरक्षणमा नगरपालिका साथ रहने र शान्ति खलःको हरेक कार्यमा मध्यपुर थिमि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको संस्थाका उपाध्यक्ष रामचन्द्र भिंदुवा श्रेष्ठले जानकारी गराउनु भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष इश्वरलाल श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपालका बरिष्ठ व्यक्तित्वहरु अर्थबिद् दुर्गालाल श्रेष्ठ, नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गर्भनर सूर्यराज था श्रेष्ठ, शान्ति बहुउृद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा संस्थाका आर्थिक सल्लाहकार बालगोपाल श्रेष्ठ, खलःका निवर्तमान अध्यक्ष कान्छा दै श्रेष्ठ र कृष्ण बहादुर साहु श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना दिनुका साथ संस्थाको गतिविधि र संस्थाले बिगतमा गरेको संघर्षहरुको बारेमा चर्चा गर्नु भएको संस्थाका उपाध्यक्ष भिंदुवा श्रेष्ठले थिमि टाइम्सलाई जानकारी गराए ।
कार्यक्रम संस्थाका सचिव अमृत प्रसाद श्रेष्ठले संचालन गरको थियो ।






%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
