इन्द्रजात्रामा मध्यपुर थिमिको फरक बिशेषता
भक्तपुर । मध्यपुर थिमि येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझे दिगुली टोलमा रहेको भैरब मन्दिर अगाडिको दबलीमा बालकुमारी निबासी बिरेन्द्र भक्त गजु श्रेष्ठले दोस्रो पटक जिब्रो छडाएर म्येँ प्वा खनेगु जात्रा सम्पन्न गरेको छ ।
धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक पटक रोकिदै आएको यो जात्रा बि.सं. २०५३, २०५९ र २०६३ सालमा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ सालमा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यबस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो । त्यसबेला उनै विरेन्द्रभक्तले २०७४ सालमा पहिलो पटक जिब्रो छेडाए पछि २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु भएको थियो । त्यसपछि यस वर्ष दास्रो पटक विरेन्द्रभक्तले मुल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुईरो) बनाउन सम्ये बजीसहितको पुजा दिएर आग्रह गरे पछि तीन साता अघि नकर्मीले जिब्रो छेड्ने सुईरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरोले जिब्रो छेडिएको हो ।
येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिन्छ । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्छन् । कसैसँग बोल्न पनि हुँदैन । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।
इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको बताउनु भयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिएर परम्परागत जात्रा सञ्चालन हुने बताउनु भयो ।
जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरेपछि जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईने गरिन्छ ।
डवलीमा नकर्मीले बनाएको सुईरोबाट जामनःगुरु, नायः पमा, नकर्मी लगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिहरुले “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको ईच्छा अनुसार नगर परिक्रमा गराइन्छ ।
धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउछन् । त्यसपछि जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिन्छन् । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।
त्यसदिन जिब्रो छेड्ने व्यक्तिको घरमा सगुन लिए पछि सिः भ्ये भनेर जात्रामा सहभागीलाई भोज खुवाइन्छ । भोलिपल्ट बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ । यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिर भित्र रहेको खम्बामा ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूईरो हेर्दा अहिलेसम्म १७÷१८ जनाले जिब्रो छेडाएको हुनु पर्ने स्थानीय बताउछन् ।
जात्राको किम्वदन्ती अनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरि आफ्नो शाहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साए पछि उनीहरु भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुर थिमिको श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउछन् ।








%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
