बालकुमारी साकोसको छालारोग सम्बन्धी एक दिने शिविर सम्पन्न

0

बालकुमारी साकोसको छालारोग सम्बन्धी एक दिने शिविर सम्पन्न

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा गत २५ गते शनिबार आदर्श मा.बि., लायकूमा एक दिने छालारोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

लुसेन्ट स्किन एण्ड हेयर क्लिनिकको सहकार्यमा भएको उक्त शिविरमा क्लिनिकका छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा. अभिषेक विलास पन्त, डा. समिर खड्का र डा. पुकार चापागाईको टोलीले परीक्षण गरेका थिए । शिविरमा परीक्षण पश्चात् आवश्यक भएका विरामीलाई निःशुल्क औषधी समेत वितरण गरेको थियो ।

संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले शिविरबाट स्थानीय समुदायले छालारोग सम्बन्धी परीक्षण गरी लाभ लिने सकिने बताउनुभयो । उहाँले संस्थाले सदस्य र समुदायको हितका लागि सामाजिक उत्तरदायित्व निर्वाहलाई संस्थाले निरन्तरता दिने पनि बताउनुभयो भयो ।

कार्यक्रममा संस्थाका सचिव पृथ्वीराम श्रेष्ठ, डा. समिर खड्का, शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक अम्बिका श्रेष्ठलगायतले बोल्नु भएको थियो । कार्यक्रम उपसमितिका सचिव विजेन्द्र श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top