मध्यपुर थिमि । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बधाई तथा सम्मान गरेको छ । असोज २७ गतेदेखि पोखरामा सुरूहुने प्रतियोगितामा राष्ट्रिय जिम्न्याष्टिक खेलाडीहरू क्रमशः सुमन तामाङ, सुबी भासिमा, जेनिसा थापा र प्रकृति थापामगरलाई मध्यपुरको विनायक शिक्षा निकेतन स्कूलले सम्मान गरेको हो ।
विनायकमा अध्ययन गर्ने राष्ट्रिय खेलाडीहरूलाई प्रोत्साहन स्वरूप ट्रयाकसुट र टिसर्ट समेत प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्रका खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नगरभित्रका राष्ट्रिय खेलाडीहरूको पहिचान गरी ठोस कार्यक्रम ल्याउने उहाँको भनाइ थियो ।
त्यस्तै, स्कूलका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले आफ्नै विद्यार्थीहरू राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदा गौरव महसुस भएको बताए । पढाइसँगै खेलकुदमा इच्छा राख्ने बच्चालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । ’खेलकुदमा लाग्दा बच्चाहरूको पढाइ बिग्रिन्छ भन्ने अभिभावकको सोचमा परिवर्तन ल्याउनुपर्छ । हामीले अनुभव गरेकोमा खेलकुदमा आवद्ध भएका विद्यार्थीहरू झन् अनुशासित छन् । त्यसैले पढाइसँग उनीहरूको प्रतिभा देखाउनको लागि हामीले मौका दिनुपर्छ ।’ प्रजापतिको भनाइ थियो । उहाँले पोखरामा हुने खेलकुदमा पुरस्कृत हुने खेलाडीहरूलाई स्कूलले पनि नगद तथा पुरस्कारको घोषणा गरे ।
कार्यक्रममा भद्रौ २९ गते राष्ट्रिय बाल दिवसमा सम्पन्न भएको हस्तलेखन प्रतियोगितामा उत्कृष्ट भएका कक्षा ११ र १२ विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कार्यक्रमको संचालन तुलसीहरी प्रजापतिले गरेको थियो ।






%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
