राप्रपाले गर्यो बागमति प्रदेश सभा सदस्यको लागि भक्तपुरबाट ३ जना उम्मेदवारको नाम सिफरिस

0

राप्रपाले गर्यो बागमति प्रदेश सभा सदस्यको लागि भक्तपुरबाट ३ जना उम्मेदवारको नाम सिफरिस


भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले भक्तपुर जिल्ला कार्यसििमतले प्रतिनिधिसभा  क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा क (चाँगुनारायण नपा १–९ र भक्तपुर नपाको १० वडा ) मा प्रत्यक्ष तर्फका उम्मेदवारमा जिल्ला कार्यसमितिका उपाध्यक्ष एवं प्रशिक्षण समितिका प्रमुख, विज्ञापन संघका निबर्तमान् महासचिब, सफल ब्यबसायी, प्रष्ट वक्ता तथा समाजसेवी श्री राजु कुईकेललाई उम्मेदवार बनाउन सिफरिस गरेको छ । 

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ख (मध्यपुर थिमि नगरपालिका १–९) क्षेत्रमा पार्टीका उपाध्यक्ष ब्यबसायी एवं समाजसेवी श्री पञ्च कृष्ण श्रेष्ठ र प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश क (सुर्यबिनायक नगरपालिका १–१० ) क्षेत्रमा प्रशिक्षण समितिका सदस्य सचिव एवं समाजसेवी तथा अधिबक्ता श्री बिक्रम थापाको उम्मेदवारी सिफारिस गरेको पार्टीका जिल्ला उपाध्यक्ष पञ्च कृष्ण श्रेष्ठले जानकारी गराउनु भएको छ । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा ख भक्तपुर नगरपालिका क्षेत्रको १–९ बाट उम्मेदवारको सिफरिसको लागि छलफल भइरहेको जानकारी दिनुभयो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top