काठमाडौं ः काठमाडौं महानगरपालिका अन्तर्गत सहकारी विभागले महानगरका सहकारी संस्थाले वार्षिक साधारण सभा गर्दा उद्घाटन सत्र तथा भाषणका कायक्रम नराख्न निर्देशन दिएको छ ।
विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारण सभाका उद्घाटन सत्र नराखी सोझै सहकारीको प्रस्ताव माथि छलफल गर्न महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारण सभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराखी सोझै संस्थाको प्रस्ताव उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।
विभागले सहकारी संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन समेत भनेको निर्देशन दिएकोछ । विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोवार गर्ने र साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थिती नभए गणपुरक संख्या पुर्याएर मात्र साधारणसभा गर्न भनेको छ ।
सभामा लेखापरीक्षण प्रतिवेदन, संचालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेश हुने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्न निर्देशन दिएको छ ।
सहकारीको साधारण सभा सञ्चालनमा रहेको समस्याहरू
– संचालक समितिले सबै सदस्यको उपस्थितिभन्दा आफू वरिपरिका व्यक्तिहरूको मात्र उपस्थिति रूचाउनु ।
– सदस्यहरू साधारण सभाको गरिमाप्रति सचेत नहुनु ।
– साधारण सभालाई औपचारिकतामा मात्र सीमित गरिनु ।
– साधारण सभालाई भेटघाट र भोजभतेरको रूपमा प्रयोग गरिनु ।
– साधारण सभामा उपस्थित हुने प्रमुख अतिथि, अतिथिहरूको बाक्लो उपस्थितिले सम्बोधनमै बढी समय बित्नु ।
– साधारण सभा भनेको उद्घाटन सत्र हो, बन्द सत्र र सञ्चालक समिति
तथा लेखा समितिका सदस्यले मात्र गर्ने हो भन्ने बुझाइ रहनु ।
– संस्थामा भएका निर्णय, खर्चपर्च लगायतका विषयमा सदस्यले विरोध गर्लान भन्ने डर हुनु ।
– साधारण सभाको मञ्च र सदस्य बीचको दुरी बढदै जानु ।
– साधारण सभामा सदस्यहरूको भूमिका ओझेलमा पर्दै जानु ।
– सदस्य केन्द्रित बहस छलफलको प्रधानता नदेखिनु ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
