सूर्यविनायक न.पा.को चाडबाड लक्षित बजार अनुगमन

0

सूर्यविनायक न.पा.को चाडबाड लक्षित बजार अनुगमन


भक्तपुर । दशै नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले नगर क्षेत्र भित्रका खाद्य, फलफुल, मासु, किराना पसलको अनुगमन अभियान सञ्चालन गरेको छ । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा सुरु भएको बजार अनुगमनको पहिलो दिन बुधबार करिब रु. १६ हजार ३३२ रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरेको छ ।

अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रा.लि.बाट म्याद नाघेको ९ हजार ८६५ मूल्य बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरेको छ । अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनि मार्टमा पाँच हजार ४९५ रुपैयाँ बराबरको अखाद्य सामान बरामद गरि नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ ।

उपप्रमुख भट्टराईले चाडबाड नजिकिएसँगै बजारमा अनावश्यक रुपमा मंहगी बृद्धि गर्ने, एउटै सामानको पसलै पिच्छे मूल्यबृद्धि गरि उपभोक्तालाई मार पार्ने, म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने, मूल्य सूची नराख्ने, ढक तराजुमै ठगी गर्ने अबस्था रोक्न बजार अनुगमन सुरु गरेको बताउनु भयो । अनुगमनको क्रममा अधिकांश पसलमा फर्म दर्ता, नविकरण एवं सूचीकरण नगरेको, मूल्य सूची नराखेको, किराना पसलमै मदिरा बिक्रीमा राखेको, म्याद नाघेको खाद्य सामानलाई छुट्टै नराखी बिक्री कक्षमै राखेका पाइएको, अनुमति नलिई ढक तराजुको प्रयोग गरेको, मासु पसल फोहोर रहेको, फ्रिजहरु अत्यन्तै फोहोर रहेको, प्याकेजिङ् गरिएका सामानमा उत्पादन र उपभोग्य मिति नराखेको, तत्काल नियम संगत व्यबस्था गर्न निर्देशन दिएको सनपा अनुगमन समितिका सदस्य सचिव सुरज पौडेलले जानकारी दिनु भयो । अब अनुगमन नियमित गर्ने उहाँले बताउनु भयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top