![]() |
| तस्वीर – बन्यजन्तु फोटोग्राफर संञ्जय था श्रेष्ठ |
भक्तपुर । काठमाडौं उपत्यकामा चराचुरुङगी अवलोकनका लागि गन्तब्य बन्दै गएको भक्तपुर स्थित मध्यपुर थिमि नगरपालिका ८ बोदेको मनोहरा किनारमा रहेको सिमसार क्षेत्र (उपत्यकाको कोशी टप्पु भनेर चिनिने) मा विरल बटुवा ठूलो कस्दरी उपत्यकाका लागि पहिलो पल्ट अभिलेख भएको छ ।
सन् १९३८ को फेब्रुअरी महिनामा फ्रान्क यम वेलीले मोरङ जिल्लामा नेपालका लागि पहिलो पल्ट अभिलेख गरेको यो कस्दरी पंछी अवलोकनका क्रममा वन्यजन्तु फोटोग्राफर तथा प्रकृतिप्रेमीहरु सञ्जय था श्रेष्ठ, युबिन श्रेष्ठ र दिपक बुढाथोकीको टोलीले गत बुधबार फोटो सहित भेटेका थिए ।
सन् २०१६ सम्म फिरन्ते प्रजातिका रूपमा देखिएको यो कस्दरी वाँकेको नेपालगञ्जमा एक पटक र धेरै जसो अभिलेख चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र तथा मध्यवर्ति क्षेत्रमा गरिएको छ । त्यसैगरी कोशी वर्ड अब्जरभेटरी तथा प्रकाशपुर क्षेत्रमा समेत भेटिएको नेपालका संकटापन्न पंछीहरुको रातो कितावमा उल्लेख गरिएको छ ।
नेपालमा समुन्द्री सतहको ७५ देखि २५० मिटर सम्म देखिएको यो प्रजाति १३६० मिटरमा पहिलो पल्ट अभिलेख भएको हो । धापिलो जमिनहरुको खण्डिकरण, ह्रास, अवैध चोरी शिकारका कारण यो प्रजाति खतराको सूचिमा रहेको छ ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
