भक्तपुर । जिल्लाका ६ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्यक्रमका लागि छनोट गरेका ३ हजार ४७५ विद्यालयमध्ये भक्तपुरका ६ विद्यालय परेको हो ।
भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट छनोटमा परेका भक्तपुरका विद्यालयहरुमा चाँगुनारायण नगरपालिकाका दुई, सूर्यविनायकका दुई र मध्यपुर थिमि नगरपालिकाका दुई विद्यालय छन ।
छनोटमा परेका विद्यालयहरुमा चाँगुनारायण नगरपालिका वडा नं. ७ को श्रीकृष्ण मावि, चाँगुनारायण नपा ६ को चुनादेवी मावि, सूर्यविनायक नगरपालिकाको गणेश आधारभूत विद्यालय, बाल शिक्षा सदन मावि र मध्यपुर थिमि नगरपालिकाको बालसेवा आधारभुत विद्यालय, कुण्डोल र जनक सिद्धिकाली मावि सिद्धिकाली रहेका छन् । भक्तपुर नगरपालिकाको भने एउटै विद्यालय छनोटमा पर्न सकेन ।
छनोटमा परेका विद्यालयहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा सूचना तथा प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन हुने छ । ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९÷८० मा साउनबाट नै कार्यान्वयन गर्ने गरी प्रस्ताव आह्वान गरेको थियो । यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालू शैक्षिक वर्षका लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
