भक्तपुर । भक्तपुरमा सम्पन्न ४२ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) लाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले चुनाव जित्नका लागि भएको गठबन्धन, गठबन्धन नभएर ठगबन्धन भएको बताएका छन् र्। ै उनले आगामी मंसिर ४ मा हुने प्रतिनीधिसभा र प्रदेश सभाका लागि विभिन्न दलहरुबीच भएको गठबन्धनलाई ठगबन्धन भएको आरोप लगाएका हुन् ।
उनले जित्नकै लागि काँग्रेस, एमाले, माओवादी, राप्रपा र जसपाबीच भएको गठबन्धन सैद्धान्तिक रुपमा गलत भएको उल्लेख गर्दै ‘यो गठबन्धन मिल्दै मिल्दैन, न नीति, न कार्यक्रम, कम्तिमा पनि न्यूनत्तम साझा कार्यक्रम हुनुपर्छ, त्यो छैन’, उनले भने । उनले सो गठबन्धनविरुद्ध संघर्ष गर्नुपर्नेमा पनि जोड दिदैं, ‘सबैतिर गठबन्धनको विरोध गर्नुपर्छ, सिद्धान्ततः गलत हो ।’
कार्यक्रममा उनले राजनीतिमा दलाल प्रवृति मौलाएको सन्दर्भ जोड्दै धेरै देशले राजनीतिक दलका नेताहरुलाई प्रयोग गरी आफू अनूकूल प्रयोग गरिरहेको समेत जनाए ।
सो क्रममा अध्यक्ष बिजुक्छेंले सिद्धान्तनिष्ठ पार्टीलाई मात्र भोट दिन जोड दिए । सरकारमा मात्र गएर व्यक्तिगत फाइदामात्र पूरा गर्ने ध्येयले राजनीति गरेका दल र नेताहरुलाई भोट दिन नहुने उनको भनाइ छ ।
उनले समाजवादी व्यवस्थाको लागि संघर्ष गर्ने पार्टीलाई जिताउन जरुरी रहेकोमा समेत जोड दिए । उनले पार्टीले सार्वजनिक गरेको नीति, कार्यक्रम र घोषणापत्र अनुसारमात्र भोट दिनका लागि अनुरोध गर्दै निजिकरणलाई बढावा दिने दललाई भोट दिन नहुने उनले बताए ।
भारतीय विस्तारवादको सेवा गर्ने दल र नेताहरु चिन्नुपर्ने आवश्यकता औंल्याउँदै उनले बदमासी गर्ने, भ्रष्टाचार गर्ने र अनियमितता गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन जरुरी रहेकोले राजनीतिक दलका कार्यक्रममा उक्त बुँदा समेत राख्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा उनले समाजवादी व्यवस्थाले जनताको हित गर्ने सन्दर्भ जोड्दै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न जरुरी रहेकोमा समेत जोड दिए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
