वैज्ञानिकहरुले बनाए, एकै दिनमा हजारौँलाई फसाउने यौन पासो !

0

वैज्ञानिकहरुले बनाए, एकै दिनमा हजारौँलाई फसाउने यौन पासो !


काठमाडौं । वैज्ञानिकहरुले खतरनाक सिकारी अरिंगाल अर्थात् जाएन्ट हर्नेटलाई समेत पासोमा फसाउन सक्ने यौन पासो तयार पारेका छन् । करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अनुसन्धान लेखका अनुसार यौन जालको प्रयोग गरी ठूलो अरिंगाललाई पक्रिन सकिन्छ ।

एसियाबाट मिचाहा प्रजातिको रुपमा अमेरिका पुगेको भेस्पा मन्डारिनिया प्रजातिको यो ठूलो अरिंगालले त्यहाँको मौरीपालन व्यवसायमा ठूलो क्षति पुर्याउन थालेपछि वैज्ञानिकहरुले यौन गन्ध (सेक्स फेरोमोन) रसायनको प्रयोग गरी जालको एक श्रृंखला तयार गरेका छन् । वैज्ञानिकका अनुसार फेरोमोन यस्तो रसायन हो जुन कुनैपनि जीवको शरीरमा उत्पन्न हुन्छ र सूचना दिने काम गर्दछ । भाले अरिंगाल चाहीँ पोथी अरिंगालको यौन गन्धप्रति आकर्षित हुन्छ त्यसैले शोधकर्ताहरुले पोथी अरिंगालको प्राकृतिक सेक्स फेरोमोन निकालेर त्यसमा कृत्रिम फेरोमोन समेत मिश्रण गरी यौन जाल तयार पारे ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका जीव वैज्ञानिकहरुले चीनको यूनान प्रान्तस्थित अरिंगालको गोला भएको ठाउँ नजिकै उक्त यौनजालोको परीक्षण गरे । त्यसक्रममा सामान्य जालको तुलनामा उक्त यौनजालमा १६ गुणा बढि अरिंगाल फसेको पाइयो । एक दिनमै उक्त यौनजालमा हजारौँ अरिंगाल फसेका थिए ।

अमेरिकाको नेभादा विश्वविद्यालयका जीवविज्ञान विभागका प्राध्यापक एलन गिब्सका अनुसार यो यौनजालले कम समयमा ठूलो संख्यामा हानिकारक अरिंगाललाई पक्रिन सक्ने भएपनि यो आदर्श उपाय नहुन सक्दछ । पतझडमा अरिंगालले केवल केही महिनाका लागि मात्र सम्बन्ध बनाउने भएकाले यस्तो ट्रयापिङ विधि छोटो समयका लागि मात्र लागू गर्न सकिने उनको भनाई छ । एजेन्सीको सहयोगमा


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top