भक्तपुर । प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा मंसिर ४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । निर्वाचनका लागि मतदान अधिकृतसहितको टोली मतदान स्थल खटिएको र आवश्यक तयारी शुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निर्वाचन सम्पन्न गर्न भक्तपुरमा २ सय २२ मतदान केन्द्रमा १ हजार ७ सय ७६ कर्मचारी खटाइएको छ ।
कुल १ लाख ९४ हजार ४ सय ३९ जना मतदाता रहेकामा महिलाको संख्या ९९ हजार ७ सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन् । मतदानका लागि जिल्लामा २ सय २२ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसहित एक हजार २१७ सुरक्षाकर्मी परिचालन भएको छ ।
भक्तपुरमा निर्वाचन सुरक्षाका लागि ८८६ म्यादी प्रहरी खटिने छ । जिल्लामा १० वटा मतदान केन्द्र अपांगता मैत्री बनाइएको छ । क्षेत्र नम्बर १ मा भक्तपुर नगरपालिकामा ५ र चाँगुनारायणमा एउटा गरी छ वटा केन्द्रलाई अपांग मैत्री बनाइएको छ भने क्षेत्र नम्बर २ को सूर्यविनायकमा ३ र मध्यपुर थिमिमा एउटा गरी ४ वटालाई अपांग मैत्री बनाइएको छ ।
मतदानको दिन बिहान ४ बजे देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएका बाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । एउटा कार्य र प्रयोजनका लागि अनुमति दिईएको सवारी अन्य प्रयोजन, मतदाता ओसारपसार लगायतका कार्यमा प्रयाृग भए कानुन बमोजिम कारवाही गर्ने प्रशासनले जानकारी गरोएको छ ।
कर्मचारीहरुको लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ जहाँ समानुपातिकतर्फको मात्रै मतदान हुने बताइएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
