के यो अनन्तलिङ्ग गाँउमा स्कुल नै चाँहिदैन ? धन्यवाद ! नेताहरू !!!
प्रा.वि, मा.वि पढन जान १ घण्टा लाग्छ !!!
जनप्रनिधिसँग मेरो भन्नु
नातावाद, अयोग्य, जग्गा दलाल गर्ने, गुणस्तरीय नपढाउने शिक्षक पठाएको, अयोग्य नातावादी व्यवस्थापन समितिबाट केही वास्तै नगरेकोले विद्यार्थी घट्नु स्वभाबिकै थियो । पढाईलाई गुणस्तरीय बनाई स्कुलको स्तरउन्नती गर्नुको सट्टा, स्कुलसँगै कम्पाउण्डमै भक्तपुर भ्युपोईन्ट निर्माण भयो । यो निर्माण गर्दा गाउँमै विद्यालय राख्ने सल्लाह भएको थियो । अहिले विद्यालय अन्तै गाभेर हटाईएकोमा घोर आपत्ती र अत्यन्तै दुःख लागेको छ । अब यही मँसिर ४ मा हुने सघीय चुनाब अगाडी नै अनन्तलिंग गाँउलाई शिक्षाको उज्यालोबाट बन्चित नगरि नबनिर्मित अनन्तलिङ्ग सामुदायिक होमस्टेको खाली भवनमा हटाइएको विद्यालय पुनस्र्थापन गरि गुणस्तरीय शिक्षा सुचारू गरिदिनु हुन सूर्यविनायक न.पा.सँग हार्दिक अनुरोध गर्दै सम्पुर्ण सरोकारवाला निकायहरूलाई पहल गरीदिनु हुन पनि अनुरोध गर्दछु । — नारायणप्रसाद धिमालको फेसबुकपेजबाट




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
