भक्तपुरमा नेमकिपाका प्रेम सुवालको कीर्तिमानी जीत

0

 

भक्तपुरमा नेमकिपाका प्रेम सुवालको कीर्तिमानी जीत

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा पुनः कीर्तिमानी जीत हासिल गरेको छ । नेमकिपाका सचिवसमेत रहेका प्रेम सुवाल फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत प्राप्त गरे । दुई उम्मेदवारबीचको मतान्तर ३० हजार ७ सय ९३ छ ।

तेस्रो स्थानमा राप्रपाका भरत खड्काले ९ हजार २ सय २२ मत प्राप्त गर्दा माओवादीका सुनिल गोठेले ५ हजार १ सय ६५ मत प्राप्त गरे ।

२०४८ सालदेखि नै भक्तपुरमा नेमकिपाले चुनाव जित्दै आएको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि भक्तपुर १ बाट सुवाल विजयी भएका थिए । यो उनको संधीय संसदमा दोस्रो कार्यकाल हो । यस अघि नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले निर्वाचन जित्दै आउनु भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top