भक्तपुर २ मा काँग्रेस जिल्ला सभापतिका थापा विजयी

0

भक्तपुर २ मा काँग्रेस जिल्ला सभापतिका थापा विजयी


भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दूर्लभ थापा विजयी भएका छन । मत गणनाको अन्तिम मत परिणामको नतिजा अनुसार काँग्रेसका थापाले नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई ९५७ को मतान्तरले पराजित गरेका हुन् ।

कूल ६५ हजार ९९१ मत रहेको यस क्षेत्रमा काँग्रेसका उम्मेदवार थापाले २४ हजार २३९ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेर पराजित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका दमननाथ ढुङ्नाले १८ हजार ६८७ मत प्राप्त गर्दा नेता बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गरि विजयी भएको थियो अहिले यहीँ क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार थापासँग ९५७ मतको अन्तरमा बस्नेतले पराजय भोग्नु पर्यो ।

भक्तपुर क्षेत्र नं. २ मा २०४६ सालमा बहुदल पुनस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका थिए । २०४८ सालमा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा त्यसपछि क्रमश २०५१ सालको मध्यावधि चुनावमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुंगेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले सात हजार १२७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले चार हजार ९८, राष्ट्रियत प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ५६९ प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

कुल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा २०५३ मत बदर भएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top