मध्यपुर थिमि । शंखधरचोक स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं साधारण सभा सम्पन्न भएको छ । यचु पार्टी भेन्यूमा सम्पन्न भएको कार्यक्रमको मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन ग्रेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रमेश श्रेष्ठले गरेको थियो । कार्यक्रम उद्धाटन गर्दै प्रमुख श्रेष्ठले स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्र प्राथमिकतामा रहेको र स्वास्थ्य क्षेत्रको विकासको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भैरहेको बेथिति अन्त्य गरि सर्बशुलम स्वास्थ्य सेवाका लागि पहल भैरहेको र छिटै मेडिकल कलेजको स्थापना गरि नर्सिङ्को अध्यापन शुरु गर्ने लगायत डायलाइसिस सेवा उपलव्ध गराउने कार्य छिटै संचालनमा आउने जानकारी गराए । साथै सहकारी क्षेत्रमा हाल देखिएको विकृति रोक्न नगरपालिकाले ऐन जारी गरिसकेको र नियमावली वारी गर्ने कार्य छिटै हुने जानकारी समेत दिए ।
कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष श्रेष्ठबाट मन्तव्य राखेको कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका सचिव राजेश श्रेष्ठले पेश गरेको थियो । आज भन्दा १३ बर्ष अगाडि २५ जना सदस्यबाट २ लाख ५० हजार पुँजी लगानी गरेको संस्थामा हाल १५९८ जना सदस्यबाट ३ करोड ३५ लाख ७१ हजार १ सय पूँजी रहेको जानकारी गराए ।
त्यस्तै आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाका कोषाध्यक्ष सोहन कायस्थले संस्थाले यस अवधिमा खुद नाफा २८ लाख ३८ हजार २४५ गर्न सफल भएको बताए । यो गत बर्षको भन्दा ११४ प्रतिशतले बढी रहेको छ ।
कार्यक्रममा जिल्ला बचत संघका उपाध्यक्ष हरि बल्ल, मित्र सहकारी संस्थाको तर्फबाट ओस्ला साकोसका अध्यक्ष रोशन बज्राचार्य, नेपस्कुनका पूर्व अध्यक्ष तथा सहकारी बिज्ञ कैलाशभक्त प्रधानाङ्ग, मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ र मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारीको बिषयमा चर्चा गर्दै संस्थाको १३ औं साधारण सभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका सचिव राजेश श्रेष्ठले संचालन गरेको थियो ।
आज नै भएको दोस्रो बन्दसत्रमा राजेश श्रेष्ठ अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा इन्द्र कृष्ण श्रेष्ठ सचिवमा सोहन कायष्थ, कोषाध्यक्षमा हिरा मान शंखदेब र संचालक सदस्यहरुमा-महेन्द्र काजी श्रेष्ठ ,हरि श्रेष्ठ ,रमेश श्रेष्ठ ,बाबुकाजी श्रेष्ठ र प्रेम लक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
बन्दसत्रले नयाँ ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ । लेखा सुपरिवेक्षण समितिको संयोजकमा तुलसी भक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा रमेश श्रेष्ठ र इश्वर लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको सञ्चालन सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि. का पूर्व सचिव एवं नवनिर्वाचित अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
