भक्तपुर । प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ६ जना सांसद बन्ने भएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट शनिवार भक्तपुरका ६ जनाको नाम सिफारिस गरेसँगै भक्तपुरबाट थप ६ जना सांसद बन्न लागेको हो । ती मध्ये प्रतिनिधि सभामा एक जना र बागमती प्रदेश सभामा ५ जना छन ।
प्रतिनिधि सभा सदस्यमा सिफारिस हुने कांग्रेसकी रमा कोइराला पौडेल हुन । उनी भोजपुरकी भएपनि केही समय यता भक्तपुर बस्दै आएका र उनले कांग्रेसको क्रियाशिल सदस्यता भक्तपुरमा स्थानान्तरण गरी पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदैं केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई उम्मेदवारका लागि नेपाली कांग्रेस भक्तपुरले सिफारिस गरेको हो ।
यसैगरी भक्तपुरबाट प्रदेश सभा सदस्य सिफारिस हुनेहरुमा नेकपा एमालेकी सकुन्तला श्रेष्ठ राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी धनेश्वरी प्रजापति, नेकपा माओवादी केन्द्रका देवेन्द्र श्रेष्ठ छन । यस्तै नेपाल मजदुर किसान पार्टीकी सृजना सैंजु र गिता काफ्ले पनि समानुपातिक तर्फ प्रदेश सभा सिफारिस गरेको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
