अब मध्यपुर थिमिमै मृगौला रोगीको डाईलायसिस हुने

0

अब मध्यपुर थिमिमै मृगौला रोगीको डाईलायसिस हुने



भक्तपुर । मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको डाईलायसिस सेवा शुरू हुने भएको छ । रोटरी क्लव अफ मध्यपुर मार्फत मध्यपुर थिमि नगरपालिकासंग सहकार्यमा रोटरी क्लव अफ सांग्ली मिडटाउनको प्राविधिक सहयोग र रोटरी क्लव अफ जवलपुर वेष्टको आर्थिक सहयोगमा अस्पतालमा जडान गरिएका ४ वटा मेसिन सहितको कक्ष बिहिवार हस्तान्तरण गरेसँगै डाईलायसिस सेवा शुरु हुन लागेको हो ।

अस्पताल भवनमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र रोटरी ईन्टरनेशनल डिष्ट्रक ३२९२ का पुर्व डिजि किरणलाल श्रेष्ठले संयुक्तरूपमा डाईलायसिस मेसिन अस्पताललाई हस्तान्तरण गरेका हुन ।

डाईलायसिस मेसिनका लागि रोटरी क्लवले करिव ४१ लाख ७५ हजार रुपैंया र मध्यपुर थिमि नगरपालिकाबाट करिव २० लाख सहयोग गरेको रोटरी क्लव अफ मध्यपुरका पुर्वअध्यक्ष उषा प्रजापतिले जानकारी दिएका छन् । सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले अस्पतालको सेवा बृद्धिमा डाईलायसिस सेवाको बिस्तारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नगरवासीको स्वास्थ्य अधिकारको रक्षा गर्दै सरल र सहज स्वास्थ्य सेवाका लागि नगरपालिका सधैं तत्पर रहेको बताए ।

न्गर उपप्रमुख विजयकृष्ण श्रेष्ठले डाईलायसिस सेवा सञ्चालनसँगै यसको गुणस्तरीय सेवामा ध्यान दिई अस्पतालमा स्वास्थ्यका थप सेवा बिस्तार गरिने बताए । उनले अस्पतालमा नर्सिङ विषयको कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको र त्यसको लागि नगरपालिकाले पहल गरिरहेको जानकारी दिँदैं नगरपालिकालाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक नीति निर्माणमा नगरपालिका लागि परेको पनि जानकारी गराए ।

अब मध्यपुर थिमिमै मृगौला रोगीको डाईलायसिस हुने

कार्यक्रममा लाइन्स क्लव अफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्रविक्रम प्रजापति, अस्पतालका निर्देशक डाक्टर डिके रौशनलगायतले डाईलायसिस सेवा सञ्चालन गर्न आवश्यक सहयोगले नगरवासीहरूलाई अस्पतालले स्वास्थ्य सेवा दिनेमा थप नौलो आयाम भएको र आगामी दिन अस्पताल, नगरपालिका र क्लवबीच एकआपसमा सुमुधुर सम्बन्ध कायम गरी थप सहयोगहरू आदान प्रदान गर्नुपर्नेमा जोड दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top