काठमाडौं । हाम्रा कतिपय कामका लागि स्तरीय भिडिओ आवश्यक पर्छ । कुनै प्रोजेक्टमा काम गर्नुप¥यो वा आफूसँग भएको सीप या ज्ञानका कुरा शेयर गर्नुप¥यो भने त्यसका लागि भिडिओ उपयुक्त माध्यम हुन्छ । आफूले मोबाइलबाट खिचेका भिडिओ स्टोरेज कम हुँदा कुनै प्लेटफर्ममा भण्डारण गरेर राख्नुपर्ने हुनसक्छ । त्यसका लागि भिडिओ एडिट गरेर राख्दा भविष्यका लागि राम्रो मानिन्छ ।
हाम्रा त्यस्तै विविध कामका लागि पनि एडिट गरिएका भिडिओ धेरै आवश्यक पर्छन् । कुनै पनि भिडिओ एडिट गर्न स्तरीय सीप हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर, इन्टरनेट र स्मार्टफोनसँगै भएको अवस्थामा भिडिओ एडिटिङ त्यति गाह्रो काम होइन । अब हामी मोबाइलबाट स्तरीय भिडिओ एडिट गर्न सघाउने एपको बारेमा चर्चा गर्दैछौँ ।
१. क्यापकट
अहिले भिडिओ एडिटिङका लागि सर्वाधिक बढी प्रयोग भएको एप हो क्यापकट । क्यापकट एप टिकटकको मातृ कम्पनी बाइटडान्सले तयार पारेकोले पनि चर्चित छ । स्तरीय फिल्टर तथा एनिमेसन र ट्रान्जिसन प्रयोग गरेर यस एपका माध्यमबाट स्तरीय भिडिओ एडिट गर्न सकिन्छ ।
त्यस्तै ग्रिन स्क्रिन हटाएर पनि स्तरीय एडिटिङ गर्न सकिन्छ । साथै वाटरमार्क आउने भए पनि उक्त वाटरमार्क निःशुल्क रुपमा हटाउन सकिन्छ । क्यापकट डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।
२. अलाइट मोसन
नेपाली फन्ट राखेर स्तरीय भिडिओ बनाउन चाहनेहरूका लागि ’अलाइट मोसन’ उपयुक्त विकल्प हुन सक्छ । साथै यसमा भएका इफेक्ट तथा ट्रान्जिसनले भिडिओ आकर्षक बनाउनका साथै देवनागरी फन्टहरूको प्रयोग गरि भिडियो बनाउन मिल्छ ।
यो एपमा वाटरमार्क हुने भएकाले भिडिओ केही आकर्षक नदेखिन सक्छ । तर, शुल्क तिरेर यसको प्रो भर्सनबाट प्रोफेसनल फिचर प्रयोग गर्न सकिन्छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्छन् ।
३. काइन मास्टर
’काइन मास्टर’को प्रयोग लामो समयदेखि हुँदै आएको छ । भिडिओ एडिटिङका लागि उपलब्ध केही विकल्प मध्ये यो केही समय पहिलेसम्म अगाडि थियो ।
यो एक उत्कृष्ट भिडिओ एडिटिङ एप हो । यदि एक पटक तपाईंले यसका सबै फङ्सनलाई राम्रोसँग बुझ्नुभयो भने अर्को कुनै एपको आवश्यकता नै हुने छैन ।
यसमा कयौँ एडभान्स्ड फिचर पनि छन्, जसले एडिटिङका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल जस्तोे सुविधा पनि रहेको छ ।
वाटरमार्कसहित यो एपको प्रयोग निःशुल्क रूपमा गर्न सकिन्छ । तर यसलाई हटाउनका लागि भने तपाईंले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ । यो एपमा कयौं यस्ता फिचर छन्, जसले यसलाई प्रिमियम भिडिओ एडिटिङ सफ्टवेयरको क्याटेगरीमा सामेल गराउँदछ । यो एप एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा काम गर्दछ ।
यदि तपाईंको फोन यसभन्दा तल्लो भर्सनको छ भने यो एप प्रयोगमा केही झन्झट आउन सक्छ । काइन मास्टर एपलाई १० करोडभन्दा धेरैले डाउनलोड गरेका छन् भने ४.४ को रेटिङ पाएको छ ।
एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
४. भिडिओशो
भिडिओशो एपको प्रयोग पनि धेरैले गर्छन् । यसको सबैभन्दा राम्रो विशेषता भनेकै यसबाट एचडी क्वालिटीको भिडियो एडिट गर्न सक्नु हो ।
यो एपको माध्यमबाट कुनै एडिटिङ गर्दा सुरुमा त्यसका लागि तपाईंले एउटा थिम छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले भिडिओमा राख्न चाहेका फोटोहरूलाई छनौट गर्नुपर्ने हुन्छ ।
यसरी केही मिनेटमै एपले भिडिओ तयार पार्दछ । यसबाहेक यसमा टेक्स्ट समेत आफ्नो रुचि अनुसारको स्टाइलमा राख्न सकिने सुविधा रहेको छ ।
यसमा ब्याकग्राउन्ड म्युजिक राख्न सकिन्छ । दुई वा सोभन्दा बढी भिडिओ एकसाथ जोड्न पनि सकिने यस एपमा भिडिओ कहाँ स्ट्रिम गर्ने भन्ने अप्सन पनि यो एपले दिन्छ । यो एप प्रयोग गर्न सिक्ने कुरामा पनि धेरै समय लाग्दैन ।
यो भिडिओ एडिटिङ एपमा जुम इन, जुम आउट जस्ता कयौं आकर्षक फिचरसमेत रहेको छ । गुगल प्ले स्टोरमा भिडिओ शो एपको डाउनलोड पनि १० करोडभन्दा बढीले गरेको छ भने यसले ४.६ रेटिङ पाएको छ ।
पछिल्लो समय यो एप रुचाउने प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । यो एप प्रयोग गर्न तपाईंको फोन एन्ड्रोइड ४.१ वा त्यसभन्दा माथिको भर्सन हुन जरुरी छ ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
५. पावरडिरेक्टर
पावरडिरेक्टर एप पनि भिडिओ एडिटिङका लागि धेरै प्रयोगकर्ताले रुचाएको एप हो । यद्यपि प्रोफेसनल काम गर्ने प्रयोगकर्ताले यसको प्रयोग बढी मात्रामा गर्दछन् । यो मोबाइलसँगै विण्डोजका लागि पनि उपलब्ध छ । धेरै युट्युबर यो एप प्रयोग गर्न रुचाउँछन् ।
यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता एडिटिङका सबै प्रिमियम फिचरहरु देख्न पाइन्छ । एपमा तपाईंले पीआईपी अर्थात् पिक्चर इन पिक्चरको सपोर्ट समेत पाउन सक्नुहुन्छ ।
यद्यपि यी फिचर कमजोर प्रोसेसर भएका स्मार्टफोनमा भने चल्दैन । त्यसो त यसको प्रयोग निःशुल्क रुपमा गर्न सकिन्छ । तर त्यसमा वाटरमार्क भने रहने गर्दछ । यसलाई हटाउनका लागि तपाईंले सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।
एपको प्रयोग गर्ने प्रयोगकर्ताले यसलाई ४.६ को रेटिङ दिएका छन् । यो एप एन्ड्रोइड भर्सन ४.४ वा त्यसपछिका भर्सनका स्मार्टफोनमा मात्र काम गर्दछ ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
६. भिटा
यदि तपाईं युट्यबुर बन्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि उपयोगी हुन सक्छ । यसको सबैभन्दा राम्रो पाटो यो सम्पूर्ण रुपमा निःशुल्क छ । भिटाको सहयोगमा तपाईं गज्जबको भिडिओ एडिटिङ गर्न सक्नुहुन्छ । यदि तपाईं फोटोबाट सानदार भिडिओ बनाउन चाहनुहुन्छ भने यो एप तपाईंका लागि राम्रो विकल्प हुन सक्छ ।
फोटोका लागि तपाईंले एपलाई केही पर्मिसन दिनुपर्ने हुन्छ । यसमा तपाईंले ब्याकग्राउन्ड म्युजिक समेत राख्न सक्नुहुन्छ ।
यो एपमा एडिटिङका लागि प्रोफेसनल भिडिओ तयार पार्न सकिने टूल तथा फिचरहरू छन् । यसको सेटिङमा गएर तपाईं वाटरमार्क राख्ने वा नराख्ने भन्ने विकल्प पनि चयन गर्न सक्नुहुन्छ ।
भिटा एपलाई गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सक्नुहुन्छ । करोडौं प्रयोगकर्ताले डाउनलोड गरिसकेको यो एपका लागि एन्ड्रोइड ६.० वा त्यसभन्दा पछिल्लो भर्सन हुन जरुरी छ ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
७. इनशट
इनशट एप पछिल्ला दिनमा युट्युबरको रोजाइको एप बन्दै गएको छ । भिडिओमा क्याप्सन दिनका लागि समेत यसमा सहज छ । एकसाथ कयौं लेयर बनाएर यो एपमा भिडिओ एडिटिङ गर्न सकिने सुविधा छ । साथै फरक फरक सामाजिक सञ्जालका लागि भिडिओ फर्म्याट चयन गर्ने विकल्प पनि यसमा पाउन सकिछ ।
एकदमै प्रयोगकर्तामैत्री एपको रुपमा रहेको इनशट कुनै नयाँ प्रयोगकर्ताले केही मिनेटमै सही रुपमा प्रयोग गर्न सक्छन् । यो एप प्रयोग गर्न कुनै पैसा लाग्दैन अर्थात निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।
एपबाट भिडिओ एक्पोर्ट गर्दा वाटरमार्क आउने गर्छ । यसलाई हटाउनका लागि भने तपाईंले १५ सेकेन्डको विज्ञापन हेर्नुपर्छ कि त सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।
यसमा अर्को सुविधा भनेको तपाईंले केही सेकेन्डको भिडिओ हेरेर वाटरमार्क हटाउने विकल्प पनि पाउन सक्नुहुन्छ । गुगल प्ले स्टोरमा यो एपले ४.८ को रेटिङ पाएको छ ।
यदि तपाईंको फोनमा एन्ड्रोइड भर्सन ५ वा त्यसभन्दा पछिल्लो भर्सन छ भने यो एप सहजै प्रयोग गर्न सक्नुहुनेछ ।
एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
