काठमाडौ – ‘मिस तामाङ वर्ल्ड –२०२२’ प्रतिस्पर्धाका लागि तयारी तीव्र पारिएको आयोजक मिस तामाङ फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले केही वर्ष यतादेखि आयोजना गर्दै आएको ‘मिस तामाङ वर्ल्ड’– २०२२ संस्करणको तयारी तीव्र पारिएको हो । तामाङ फाउन्डेसनले अस्ति आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा फाउन्डेसनले दिएको जानकारी अनुसार ‘मिस तामाङ वर्ल्ड २०२२’ को ग्रान्ड फिनाले भारतको सिलीगुढीमा आउदो फेब्रुअरी ११ तारिखमा गर्ने छ ।संसारका कुनै पनि देशका तामाङ युवतीहरूले सहभागिता जनाउन सक्ने मिस तामाङ वर्ल्डमा नेपाल, इण्डिया, अस्ट्रेलिया, अमेरिका र जापानमा बसोबास गरिरहेका तामाङ युवतीहरूले समेत सहभागिता जनाउने गरी तयारी जनाइएको छ । प्रतिस्पर्धामा १६ वर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवतीहरू हुनुपर्नेछ । मिस तामाङ वर्ल्ड प्रतिस्पर्धाका लागि फारम खुल्ला गरेको छ । पर्सि १५ पुससम्म अनलाइन मार्फत फारम भर्न सकिने आयोजकले बताएको छ । इण्डियाको सिक्किम, सिलीगुढी र नेपालको काठमाडौँमा प्रत्यक्ष अडिसन हुने र अन्य स्थानमा भर्चुअल माध्यमबाट अडिसन गरिने फाउन्डेसनका अध्यक्ष मिलन मोक्तानले जानकारी ग
गराएका छन् । उक्त अडिसनबाट छनौट भएका प्रतिस्पर्धीरूलाई नेपालका विभिन्न स्थानमा २० दिन र इण्डियामा १० दिन प्रशिक्षण दिइने जनाइएको छ । ‘मिस तामाङ वर्ल्ड २०२२’को विजेताले नगद १० लाख रुपैयाँ सहित ताज र विभिन्न पुरस्कार पाउने बताइएको छ । अलग–अलग ७ वटा विधामा छनौट हुने प्रतिस्पर्धीहरुलाई पनि पुरस्कार दिइनेछ । यो पटकको प्रतिस्पर्धामा सहभागी हुनेले कुनै पनि किसिमको शुल्क तिर्न पर्ने छैन ।
आयोजक फाउन्डेसनका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नं. १ का सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्वो, ‘मिस तामाङ वर्ल्ड २०२१’ पहिलो सिजनकी विजेता साङडोमा तामाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए । इण्डिया सिक्किमकी साङडोमाले आफूले मिस तामाङ वर्ल्ड भएपछि आफ्नो धर्म, संस्कृति, भाषा, भेषभूषा, पहिचानका लागि ‘एक घर एक डम्फु’ अभियान सञ्चालन गरिरहेको बताउदै डम्फु र टुङ्नालाई विश्वभर चिनाउने उद्देश्यले अभियानको शुरुवात गरेको बताएकी थिइन् ।त्यस्तै फाउन्डेसनको महासचिव केवल तामाङले स्वागत गरेको कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष, कोषाध्यक्ष क्रमश सुरेन्द्र मोक्तान, अदिप तामाङ लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गरेका थिए । सो अवसरमा सांसद तामाङ, गाउँपालिका अध्यक्ष स्याङ्वो र सङ्गीत साधक कृष्ण योञ्जनलाई बधाई तथा शुभकामना स्वरूप मायाको चिनो प्रदान गरिएको थियो । यसअघि इण्डियामासमेत पत्रकार सम्मेलनको आयोजना गरी फाउन्डेसनले प्रतिस्पर्धा बारे जानकारी गराएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
