धिमेको तालमा रमाउँंदै भक्तपुरका युवायुवती

0

धिमेको तालमा रमाउँंदै भक्तपुरका युवायुवती


भक्तपुर । भक्तपुरका एक हुल युवायुवती भक्तपुरको परम्परागत बाजा धिमे सिक्न व्यस्त भएका छन् । जगाती भीमसेन धिमे बाजा खलः जगाती भक्तपुरको अगुवाईमा भएको धिमे बाजा प्रशिक्षणमा उनीहरु धिमे बाजा सिक्न मस्त भएका हुन् । जगाती भीमसेन धिमे बाजा खलः जगाती भक्तपुरका अध्यक्ष अनिल माकका अनुसार प्रशिक्षण पुसदेखि चैतसम्म गरेर चार महिना चल्ने छ । साँंझ ६ बजेदेखि आठ बजेसम्म दैनिक उनीहरु प्रशिक्षणमा व्यवस्त छन् । सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दुवै दिई बाजा बजाउन सक्ने गरी प्रशिक्षण दिने जनाइएको छ । 

प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई चैत वैशाखमा भक्तपुरमा हुने प्रसिद्ध विस्का जात्राको बेला सार्वजनिक गरिने जनाइएको छ । प्रशिक्षार्थीहरुलाई चैत बैशाखमा सार्वजनिक रुपमा बाजा बजाउन लगाई जात्रास्थलमा लगिने जनाइएको हो । भक्तपुरमा प्रत्येक वर्ष नयाँंवर्षको चार दिन अगाडि र पछाडि गरेर आठ रात नौ दिन धुमधामले विस्का जात्रा मनाइन्छ । यो क्रममा धिमे बाजाले भक्तपुर नगर नै गुन्जायमान हुने गर्दछ । 

प्रशिक्षणमा पाँंच किशोरी र ११ जना किशोर गरी कुल १६ जना सहभागी छन् । सहभागीहरु न्युनमत १० वर्षदेखि ३० वर्षसम्मका छन् ।   प्रशिक्षणमा सहभागी एकजना किशोरी सलिना शिल्पकारले पुरानो बाजागाजालाई पुनर्जीवित बनाइराख्न आफूले पनि केही मात्रै भए पनि योगदान दिन सकून भनी बाजा सिकेको बताउँंछिन् । यससँंगै बाजा बजाउन पाउँंदा थप आनन्द आउने भएकाले पनि बाजा सिकेको उनको भनाई छ । 

प्रशिक्षणमा भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगातीका साथै भक्तपुरका विभिन्न ठाउँंका व्यक्तिहरु सहभागी छन् । मुख्य प्रशिक्षकका रुपमा आयोजक संस्थाका अध्यक्ष अनिल माक रहेका छन् भने अर्का प्रशिक्षक गोपाल किसीले पनि सहयोग गरिरहेका छन् । जगाती भीमसेन धिमे बाजा खलः जगाती भक्तपुरका अनुसार यो प्रशिक्षणको चौथौ व्याच हो । यसअघि पनि तीन वटा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । 

एउटा धिमे बाजाको टोलीमा घटीमा ४ जना हुने गर्दछन् । दुई जना धिमे बजाउने, एकएक जना भुछ्या र सिद्ध्या (बाजाका प्रकार) गरी घटीमा एउटा टोलीमा चार जना बाजा टोली सहभागी हुने गरिन्छ । यसका साथै बाजा टोलीसँंगै अन्य पनि साथ दिनका लागि सहभागी हुने गर्दछन् । नेवार समुदायमा धिमेबाजा खुशीयाली, चाँंडपर्व, जात्रालगायतका समयमा बजाउने गरिन्छ । साथै विहे, ब्रधबन्धलगायतका बेला पनि बाजा बजाएर देवस्थल जाने गरिन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top