शुभश्री साकोसको १५ औं साधारण सभा सम्पन्न

0

शुभश्री साकोसको १५ औं साधारण सभा सम्पन्न


मध्यपुर थिमि । मध्यपुर थिमिको शंखधरमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं साधारण सभा सम्पन्न भएको छ । यचु पार्टी भेन्यूमा शनीवार सम्पन्न भएको कार्यक्रमको बागमती प्रदेश सभा (भक्तपुर क्षेत्र नं २ ख) का सभासद् डा. राजेन्द्रमान श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले गरेको थियो । कार्यक्रम उद्धाटन गर्दै सभासद् श्रेष्ठले देश विकासको लागि आर्थिक पक्ष बलियो हुनु पर्ने बताए । साथै उनले जेष्ठ नागरिकहरुको स्वास्थ्य लगायतका क्षेत्रमा सबैको ध्यान जानु पर्ने बताए । उनले यस जाडो मौसममा जेष्ठ नागरिकहरुलाई बढी सताउने भएकोले उनीहरुको स्वास्थमा पनि ध्यान दिएर कार्यक्रम गर्नु पर्ने बताए । साथै सहकारीको अनुगमनमा स्थानीय निकायको प्रमुख दायित्व रहने भएकोले स्थानीय निकायको प्रतिनिधित्व अनिवार्य रहेको बताए ।   

कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष श्रेष्ठबाट संस्थाको बार्षिक प्रतिवेदन  पेश गरेको थियो । २०६४ सालमा दर्ता भई संचालनमा आएको संस्थाले स्थापनाकालदेखि प्रविधिमैत्री रुपमा संस्था संचालन हुँदै आएको र समयक्रमसँगै संस्था डिजिटल प्रविधि अन्तर्गत मोबाइल बैंकिङमा समेत सेवा प्रवाह गर्न सफल भएको जानकारी दिए । संस्थाले शेयर पूँजीमा बुद्धि,  गर्न सफल हुनुका साथै निक्षेप संकलन तथा ऋण लगानीमा समेत विस्तार गर्दै जान सकेको जानकारी दिए । उनले 

साथै संस्थाले ऋण असुल तर्फ पनि उल्लेखिय सफलता हासिल गरेको र सूर्यविनायक न.पा.को वडा नं. ४ स्थित धितोमा रहेको घर संस्थाले सकार गरि सो भवनमा संस्थाको सम्पर्क कार्यालय संचालन गरेको जानकारी दिए ।

हल संस्थामा २६५३ जना सदस्यबाट ४ करोड ६७ लाख ३१ हजार ७ सय पूँजी रहेको जानकारी गराए । त्यस्तै आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाका कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले संस्थाले यस अवधिमा खुद नाफा ४६ लाख ७० हजार ४३७ गर्न सफल भएको बताए । यो गत बर्षको भन्दा ९.५३ प्रतिशतले बढी रहेको छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक गोपाल न्हा श्रेष्ठले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो । 

कार्यक्रममा बालकुमारी साकोसका अध्यक्ष तुइलाल श्रेष्ठ, जिल्ला बचत संघका प्रतिनिधि पञ्चकृष्ण श्रेष्ठ र नेपस्कूनका पूर्व अध्यक्ष तथा सहकारी बिज्ञ कैलाशभक्त प्रधानाङ्गले सहकारीको बिषयमा चर्चा गर्दै संस्थाको १५ औं साधारण सभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव काशीभक्त कायस्थले गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top