काठमाडौं –उमेर बढ्दै जानु एक प्राकृतिक प्रक्रिया हो जसलाई हामी रोक्न सक्दैनौ तर केही चिजको मद्दतले छालामा देखिने एजिङ साइन्सको गति भने कम गर्न सक्छ । छालामा देखिने चाउरीपनको समस्याबाट छुटकारा पाउनका लागि केराटिन निकै आवश्यक मानिन्छ । हाम्रो छाला, कपाल र नङमा केराटिन पाइन्छ । यो एक प्रकारको प्रोटिन हो जुन छालाका लागि निकै फाइदाजनक हुन्छ र कुनै पनि प्रकारको संक्रमणलाई शरीरमा प्रवेश हुनबाट रोक्छ ।
यहाँ यस्ता चिजबारे जानकारी दिँदै छौँ जसमा केराटिनको मात्रा धेरै हुन्छन् । यी चिजको दैनिक सेवनले चाउरीपन र फाइन लाइन्स कम हुने गर्छ । साथै, यी सबै चिजको सेवनले एजिङ प्रोसेस स्लो हुने गर्छ । यी केराटिनयुक्त चिजबारे जानकारी लिऔँ –
१. सूर्यमुखीको बिउ
सूर्यमुखीको बिउ निकै स्वादिष्ट र पौष्टिक हुन्छन् जसले केराटिनको उत्पादनलाई बढाउने काम गर्छ । यो बिउले कपाललाई बलियो बनाउनुका साथै चम्किलो पनि बनाउँछ । सूर्यमुखीको बिउमा पेन्टोथेनिक एसिड, सेलेनियम, कपर र भिटामिन ई हुन्छ । यी बिउलाई खाना वा ड्रिङ्कमा मिलाएर पनि सेवन गर्न सकिन्छ ।
२. अण्डा
शरीरमा केराटिनको उत्पादनका लागि अण्डा खानु एक प्राकृतिक तरिका हो । केराटिनको उत्पादनका लागि बायोटिनको विशेष आवश्यकता हुन्छ, यस्तोमा अण्डा बायोटिनको एउटा राम्रो स्रोत हो जसबाट केराटिनको निर्माण हुन्छ । एउटा ठूलो अण्डामा ६ ग्राम प्रोटिन पाइन्छ जसले केराटिनको निर्माणलाई बढाउन मद्दत गर्छ । यसबाहेक अण्डामा भिटामिन ए र बी१२, राइबोफ्लेविन, सेलेनियमजस्ता घटक पनि पाइन्छ ।
३. लसुन
लसुनमा एन–एसिटाइलसिस्टिन नामको एउटा प्लान्ट बेस्ट एन्टिअक्सिडेन्स पाइन्ट जसले कपालको कोशिकालाई सूर्यको किरणबाट आउने बिकिरणलाई रोक्ने काम गर्छ र कपालको विकासलाई प्रोत्साहित गर्ने गर्छ । केराटिनमा एल–सिस्टिन नामको एक एमिनो एसिड पाइन्छ । यसबाहेक लसुनमा भिटामिन सी, बीसिक्स, म्यागनिज र विभिन्न खालका मिनरल्स पाइन्छन् ।
४. प्याज
प्याज खाँदा शरीरमा केराटिनको उत्पादन बढ्ने गर्छ । यसबाहेक प्याजमा फोलेट हुन्छ जुन कपालको रोम छिद्रलाई बलियो बनाउनका लागि महत्वपूर्ण भिटामिन हो ।
५. हरियो पत्तेदार सागसब्जी
हरियो पत्तेदार सागसब्जी जस्तै पालुङ्गो, केल, बन्दागोभीलगायतमा केराटिनको मात्रा भरपुर हुन्छन् । १ कप पकाइएको हरियो पत्तेदार सागसब्जीमा १५.३ मिलिग्राम केराटिन पाइन्छ । यसबाहेक यो हरियो पत्तेदार सागसब्जी प्रोटिन, भिटामिन, मिनरल्स र आइरनको पनि राम्रो स्रोत मानिन्छ ।
६. शख्खरखण्ड
शख्खरखण्डमा विभिन्न खालका पोषक तत्व पाइन्छन् । यसलाई सुपरफुड पनि भनिन्छ । यसमा बिटा–क्यारोटिन, एक प्रकारको प्रोभिटामिन ए पाइन्छ । यसले केराटिन बनाउँछ र जब शरीरमा केराटिनको प्रयोग गर्छ तब यो भिटामिन ए मा परिवर्तन हुने गर्छ । यसले कपाललाई स्वस्थ बनाउँछ । शख्खरखण्डलाई साधारण आलूको तुलनामा निकै धेरै फाइदाजनक मानिन्छ ।
७. गाजर
गाजरमा भिटामिन ए, भिटामिन सी, भिटामिन के र भिटामिन बी–८, प्यान्टोथेनिक एसिड, फोलेट, पोटासियम, आइरन, कपर, म्यागनिज र विभिन्न खालका मिनरल्स र भिटामिन पाइन्छन् । गाजरमा अत्यधिक मात्रामा फाइबर र बिटा–क्यारोटिन पाइन्छ । यसले सूर्यबाट आएको हानिकारक अल्टाभेयलेट किरणबाट छालाको रक्षा गर्छ र बिग्रिएको छालाको मर्मत पनि गर्छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
