मनोहरा क्षेत्रमा संजय था नेतृत्वको टोलीले ८४ प्रजातिका चरा भेटाए ।

0

मनोहरा क्षेत्रमा संजय था नेतृत्वको टोलीले ८४ प्रजातिका चरा भेटाए ।


भक्तपुर । देशैभरी चरा गणना कार्य हुँदै गर्दा मध्यपुर थिमि क्षेत्र भएर बग्ने मनोहरा नदीको तत्तीय क्षेत्र जसलाई उपत्यकाका सानो कोशी टप्पुको उपनामले चिनिने यसका आसपासका क्षेत्रहरूमा पनि जलपंक्षीहरुको लगत अभिलेख राख्ने कार्य सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका वडा न ८ निवासी वन्यजन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मनोहरा आसपासका स्थानीय तथा रैथाने चराहरूको अभिलेखिकरण कार्य सम्पन्न गरेको हो । 

मनोहरा नदीको उदगम बिन्दु शालीनदी आसपासबाट सुरु गरिएको गणनामा संजय नेतृत्वको टोलीले जलपंक्षी सहित कुल ८४ प्रजातिका आगन्तुक तथा स्थानीय प्रजातिका चराहरू फेला पारेको छन् । 

संजय था नेतृत्वको टोलीमा फोटोग्राफरहरु चन्द्र चक्रधर र बिनय श्रेष्ठ, बर्ड वाचर राम श्रेष्ठ, बिद्यार्थी आयुशा पौडेल, चराप्रेमीहरु सुरेश खम्बु, बिक्की अदुवा र शैलेन्द्र भासिंक समावेश रहेका थिए ।

बन्यजन्तु फोटोग्राफर तथा टोलीका संयोजक संजय था श्रेष्ठले यस पटकको गणनामा विगतमा भन्दा कम संख्यामा अभिलेखिकरण भएको जानकारी दिए । बढ्दो शहरीकरण र मानविय हस्तक्षेप आदि कारणले पछिल्लो समय चराहरुको संख्यामा उल्लेख्य रुपमा कमी आईरहेको टोलीको निष्कर्ष छ । शहरीकरण र मानविय हस्तक्षेप आदि कारणले चराहरूको बासस्थानमा क्षति पुगेको टोली संयोजक था श्रेष्ठको बुझाई छ ।

मनोहरा क्षेत्रमा संजय था नेतृत्वको टोलीले ८४ प्रजातिका चरा भेटाए ।


उनका अनुसार नदी आसपासका क्षेत्रमा बढ्दो निर्माण र डोजर र ड्रिल आदिको बढ्दो प्रयोगले चराचुरुङ्गीको बासस्थान विनास हुँदै गएको बताए ।

जलपंक्षीहरुको संख्यामा कमी आउनुको अर्को कारकतत्व भनेको नदीको पानी प्रदुषित बन्नु पनि रहेको छ । नदीमा जथाभावी फोहर फ्याक्ने चलन, ढल मिसाउने, बिभिन्न उद्योग कलकारखाना आदिबाट बिना फिल्टर वा प्रशोधन नगरी नदीमा सिधै पानी बिर्सजन गर्ने कुप्रथा आदिले पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाब हुन गई त्यसमा निर्भर रहने चराहरुको संख्यामा कमी हुन गएको अर्का फोटोग्राफर चन्द्र चक्रधरको भनाई छ ।

मनोहरा क्षेत्रमा संजय था नेतृत्वको टोलीले ८४ प्रजातिका चरा भेटाए ।


नदी प्रदुषणले गर्दा पारस्थितिक प्रणालीमा असर परेको देखिन्छ । जसको कारण खाद्यचक्रमासमेत असर परी चराहरुको संख्यामा कमी आएको छ ।

मनोहरा क्षेत्रको अर्को ठूलो समस्या भनेको यहाँ दिन दहाडै हुने गरेको बालुवा तस्करी पनि हो, जसले चराहरूको संख्यामा कमी आएको छ । बालुवा तस्करीका कारण नदी आसपास मानवीय गतिविधि बढ्दै गएको, चराहरुको प्रजनन गर्ने सुरक्षित स्थान अभाव हुँदै गएको अर्का टोली सदस्य तथा चराप्रेमी सुरेश खम्बु श्रेष्ठको बुझाई छ ।

बास्तबमा चराहरूको संख्यामा आएको कमीलाई मानवहरुको लागि नजिकिंदै गएको खतराको रूपमा बुझ्न जरूरी छ । जाडोयाममा साईप्रस र युरोपका बिभिन्न भागहरूबाटसमेत जाडो छल्नका लागि आईपुग्ने आगन्तुक चराहरु तथा स्थानीय चराहरूको संख्यामा आएको कमीलाई स्थानीय निकायहरूले समेत गम्भीर भएर सोच्न जरूरी देखिन्छ । 

मानिस वाहेक अरु प्राणीहरूको पनि पृथ्वी साझा घर हो भनी बुझ्न नसक्नु र चौडा बाटो र अग्ला घरहरूलाई मात्रै विकासको मापदण्ड मान्ने सोचलाई नत्यागेसम्म पृथ्वीबाट एक पछि अर्को प्रजाति जीवजन्तु र पशुपंक्षी लोप हुँदै जाने निश्चित छ । उदघाटन र सभा समारोहमा मात्रै ब्यस्त रहने जनप्रतिनिधिहरुले अहिलेको समयमा कमसेकम आ–आफ्नो स्थानबाट जिम्मेवारी लिई उचित कदम चाल्न आवश्यक देखिन्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top