घर/पसलमा सीसी क्यामेरा जडान गर्दा जान्नै पर्ने सरकारी नियम

0

घर/पसलमा सीसी क्यामेरा जडान गर्दा जान्नै पर्ने सरकारी नियम


काठमाडौं । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि विविध सुरक्षा प्रविधि तथा विद्युतीय उपकरणहरुको प्रयोग बढ्दै छन् । अहिले सार्वजनिक स्थल, राजमार्ग, सार्वजनिक निकाय, व्यापारिक तथा व्यवसायिक केन्द्र थता वित्तिय संस्थाहरुमा मात्र होइन, निजी व्यवसायदेखि आवास क्षेत्रमा समेत सीसीटीभीको विस्तार भएको छ ।

धेरैले सीसीटीभीको प्रयोग व्यक्तिगत आवश्यकता र चाहनामा पनि प्रयोग गरिरहेका हुन्छन् । तर यसका लागि सरकारले छुट्टै नियम पनि बनाएको छ । यदि तपाईं पनि सीसीटीभी प्रयोग गर्ने विचारमा हुनुहुन्छ भने सरकारले तयार पारेको नियम पनि थाहा पाइराख्न एकदमै जरुरी छ ।

किनकि सीसीटीभी राखेकै कारण तपाईं कानूनी झमेलामा समेत पर्न सक्नुहुन्छ ।

गृह मन्त्रालयले २०७२ मा ल्याएको सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई २०७५ माघमा परिमार्जन समेत गरिसकेको छ । सीसीटीभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्नकै लागि यो कार्यविधि ल्याइएको हो ।

सीसीटीभीले अपराध भइसकेपछिको अनुसन्धानमा सहजता ल्याउने मात्र होइन, आपराधिक व्यक्तिहरुमा मनोवैज्ञानिक असर पु¥याएर अपराध नियन्त्रण गर्न समेत सहयोग पु¥याइरहेको हुन्छ । प्रयोजनका आधारमा सार्वजनिक, व्यापारिक र निजी गरी तीन प्रकारमा विभाजन गरी सीसीटीभीको प्रयोगका फरक फरक मापदण्ड बनाइएको छ ।

सीसीटीभी जोड्दा के गर्ने, के नगर्ने ?

जुनसुकै प्रयोजनका लागि सीसीटीभी जडान गरेको भए पनि १५ दिनभित्र नजिकैको प्रहरी इकाई तथा जिल्ला प्रसासन कार्यालयलाई जानकारी गराउनुपर्ने हुन्छ । सीसीटीभीबाट खिचेका दृश्यहरु गोप्य राख्नुपर्ने हुन्छ । यस्ता श्रव्य दृश्य कुनै पनि किसिमबाट सार्वजनिक गर्न तथा व्यापारिक रुपमा प्रयोग गर्न पाइँदैन । व्यक्तिगत स्वतन्त्रतामा असर पुग्नेगरी सीसीटीभी क्यामेरा जडान गर्न पनि पाइँदैन ।

सीसीटीभीबाट खिचेका फुटेजहरु कम्तिमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने हुन्छ । अनुसन्धानको सिलसिलामा प्रहरीले जतिखेर पनि माग्न सक्छ । सीसीटीभी बिग्रिएमा, मर्मत गर्नुपर्ने भएमा, हटाउनुपर्ने भएमा वा परिवर्तन गर्नुपर्ने भएमा प्रहरी तथा स्थानीय प्रसासनलाई अनिवार्य रुपमा अग्रिम जानकारी गराउनुपर्ने हुन्छ ।

सीसीटीभी लुकाएर राख्न चाहिँ पाइँदैन । सबैले देख्नेगरी यसलाई राख्नेमात्र होइन, जडान गरिएको सूचना समेत अनिवार्य रुपमा टाँस्नुपर्ने नियम छ । कार्यविधिमा उल्लेखित शर्तहरु पालना गरे नगरेको विषयमा जिल्ला प्रशासन कार्यालयले नियमित वा आकस्मिक रुपमा प्रहरीलाई अनुगमनका लागि खटाउन सक्छ ।

व्यवसायिक प्रयोजनका लागि शौचालय, चेन्जिङ रुम, होटेलको बेडरुम बदि संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नु नियम विपरितको कार्य हो ।

नियम बाहिर गए, के हुन्छ ?

सीसीटीभी जडान र सञ्चालन सम्बन्धी सरकारले तयार पारेको कार्यविधि विपरित सीसीटीभी जडान तथा सञ्चालन गरेको पाइएमा विद्युतीय कारोबार ऐन अनुसार जरिवानादेखि जेल सजायसम्मको कारबाही हुने व्यवस्था छ ।

सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि यस प्रकार छन् ः


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top