काठमाडौं । केन्द्रीय मानन्धर संघले ७० औं स्थापना दिवस मनाएको छ । न्यूरोडस्थित पाक्व पुखुद्यां मानन्धर सनाः खलःको गुठी घरमा संघका संस्थापक सभापति भाजु देवीदास मानन्धरलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो । केन्द्रीय मानन्धर संघ देशभरको सामुदायिकतर्फ सबभन्दा जेठो संस्था हो । मानन्धरहरू संगठित भइसकेपछि क्रमशः मारवाडी, गुरूङ, चित्रकार, प्रजापति, महर्जन, डंगोल, शाक्य बज्राचार्यलगायतको समुदाय संगठित भएको इतिहास छ । आजभन्दा ७० वर्षअघि अर्थात २०१० माघ १० गते शनिबार दैसाः टोल तःबहिलका भाजु देवीदास मानन्धरले काठमाडौंका नौ वटा टोलमा सघन बसोबास रहेका मानन्धरहरूलाई भेला गरेर संघ स्थापना गर्नुभएको हो । त्यसपश्चात संघलाई बिस्तार गर्ने क्रममा आजकल संघमा देशभरका विभिन्न जिल्ला समेटेर ५८ वटा गुथि, खलः, पुचः, समूह आवद्ध रहेको छ ।
कार्यक्रममा प्रबुद्ध व्यक्तिको रूपमा संघले सम्मान दिएका मध्ये दक्षिण एशियाली खेलकुद अन्तर्गतको दौड प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएका भाजु बैकुण्ठ मानन्धर, ललितकला क्याम्पसका पूर्व कुलपति किरण मानन्धर, बौद्ध धर्मका अध्येता तथा ई. गुहेश्वरी राज मानन्धर, शिक्षासेवी वसन्त कुमार मानन्धर, समाजसेवी पञ्चकुमारी मानन्धरसँगै पुरानो कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई सहभागी गराएको थियो ।
केन्द्रीय मानन्धर संघका सभापति वीरगन्ज पर्साैनीका भाजु मनोज कुमार मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपसभापति बद्रीनारायण मानन्धरले औपचारिक रूपमा स्वागत गर्नुभएको थियो । स्वागतसँगै मन्तव्य राख्ने क्रममा भाजु मानन्धरले २०७९ माघ २४ व २५ गते हुँदैगरेको ईहि मुना कार्यक्रममा बेलबिबाह गराउनुपर्ने बालिकाहरूलाई सहभागी गराउन आग्रह गर्नुभयो । संघले सार्वजनिक गरेको सुचनामा उल्लेख भएको निर्धारित समयमै आआफ्ना बालिकाहरूको नाम दर्ता गर्न आह्वान समेत गर्नुभयो ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
