भूकम्प सुरक्षा दिवसको अवसरमा प्रस्तुतिकरण कार्यक्रमको आयोजना

0


भूकम्प सुरक्षा दिवसको अवसरमा प्रस्तुतिकरण कार्यक्रमको आयोजना


भक्तपुर । “भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार” भन्ने नाराका साथ २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मध्यपुर ईन्जिनियरिङ समाजले प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा भूकम्प प्रतिरोधी प्रविधि विकास तथा परामर्श केन्द्रका वरिष्ठ स्ट्रक्चर ईन्जिनियर (भूकम्प) डा. पुरुषोत्तम डंगोलबाट डंगोलबाट Revised Nepal National Building Code NBC 105:2020 “Seismic Design of Building in Nepal” विषयमा प्रस्तुतिकरण गरेको थियो । प्रस्तुतिकरणमा डा. डगोलले भवन संहिता र मापदण्डमा भिन्नता, सम्पूर्ण पालिकाहरुमा मापदण्ड अनिवार्य रुपमा लागु गर्नुपर्ने तथा सुरक्षित भवन निर्माणका लागि डकर्मी तालिम अपरिहार्य रहेको बताए । 

साथै प्राविधिकहरुको लागि उपयुक्त हुने राष्ट्रिय भवन संहितामा परिमार्जित बुँदाहरु बारे विस्तृत रुपमा प्रस्तुकरण समेत गरिएको थियो । 

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुले मापदण्डबारे जानकारी हासिल गर्नुपर्ने उल्लेख गदै यस नगरपालिका क्षेत्रमा अनियन्त्रित रुपमा भवनहरु निर्माण भईरहेको बताए । साथै नगरपालिकाको सातौं नगर सभा अधिवेशनमा नगरपालिकाको भवन निर्माण मापदण्ड संशोधन लगायतका एजेण्डा रहेको चर्चा गर्दै मापदण्ड संशोधन कार्यको लागि मेससँगको सहकार्य आवश्यक रहेको बताए । 

त्यसै गरी विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले भूकम्पीय तथा प्राकृतिक जोखिमबाट सुरक्षित भवन निर्माण गर्न आवश्यक रहेको जनाए । समाजको अध्यक्ष सूर्य बहादुर प्रजापतिको सभापतित्वमा गत माघ ७ गते शनिबार आयोजना गरिएको उक्त प्रस्तुतिकरण कार्यक्रममा मध्यपुर थिमि नगरपालिका नक्सा शाखाका प्राविधिक ई. सनम श्रेष्ठबाट “मध्यपुर थिमि नगरपालिकाको भवन निर्माण मापदण्ड” विषयमा प्रस्तुतिकरण दिएको थियो ।

उक्त कार्यक्रम मेसका सचिव शंकर प्रजापतिले सञ्चालन गरेको थियो भने संस्थाका उपाध्यक्ष राज्यश्वरी श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमका अतिथि एवम् समाजका संस्थापक अध्यक्ष बिनोद खम्बुले प्रस्तुतिकरण प्रदान गुर्ने डा. पुरुषोत्तम डंगोल, ई. सनम श्रेष्ठ, मूख्य सहयोगी संस्था S. Consortium, स्थान उपलब्ध गराउने यचु पार्टी भेन्यू तथा सहयोगी संस्था मेरो साकोसलाई कदर पत्र प्रदान गरेको अध्यक्ष प्रजापतिले जानकारी दिए । 

कार्यक्रममा S. Consortium, बागडोल ललितपुरका प्रबन्ध निर्देशक संजय कुमार जैन तथा कार्यकारी निर्देशक अजय सेतिया, समाजका सल्लाहकार, अग्रज सदस्य, कार्यसमिति सदस्य तथा मेस सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


भूकम्प सुरक्षा दिवसको अवसरमा प्रस्तुतिकरण कार्यक्रमको आयोजना

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top