काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक
जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र
संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो
समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको
अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक
अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी
मोडललाई गरेको प्रेम कथालाई देखाएको छ ।
उपासनाको यो पहिलो म्युजिक
भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदै आएकी थिइन् । निराज भने
पछिल्लो समयका व्यस्त मोडल हुन् । एकपछि अर्को सफल म्युजिक भिडियोमा अभिनय
दिइरहेका निराजनले उपासनासँग भिडियोमै जोडी बाध्न सफल भएका छन् ।
सार्वजनिक
गीतको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् । थुप्रै म्युजिक
भिडियो निर्देशन गरेका हुमागाईँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका
छन् ।
भिडियोमा उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन
मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम
हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम
प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ रहेको छ ।



%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
