भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरभित्र दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने र दर्ता गरेकाले पनि लामो समय नविकरण नगर्ने प्रवृत्ति देखिएकाले नगरभित्र सञ्चालित व्यवसायलाई नियमन गर्न दर्ता अभियान शुरु गरेको नगरपालिकाले जनाएको छ । अभियानको क्रममा व्यवसाय दर्ता गर्दा आर्थिक वर्ष २०७४/०७५ भन्दा अघिको सम्पूर्ण व्यवसाय कर छुट दिने र आर्थिक वर्ष २०७४/०७५ देखी २०७८/०७९ सम्मको सम्पूर्ण जरिवाना छुट दिईने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी गराएको छ ।
अभियान आइतवारबाट नगरको व्यवसायिक क्षेत्र राधेराधेबाट शुरु गरिएको छ । अभियान नगरका ९ वटै वडामा वडा कार्यालयमार्फत सञ्चालन हुने जानकारी नगरपालिकाले गराएको छ ।
नगरको आन्तरिक आम्दानीको प्रमुख स्रोत मध्येको एक व्यवसाय करलाई नियमित गर्न र नगरको आन्तरिक आम्दानी बृद्धि गर्न अभियान सञ्चालन गरेको उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
