काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल यात्रामा आएकी छिन् । उनले आइतबार बिहान एक भिडियो सामाजिक संजालमा पोस्ट गर्दै नेपालमा रहेको जानकारी दिएकी हुन् । “हेलो नेपाल” भनेर उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादनसमेत गरेकी छन् । शनिबार बिहान काठमाडौँ आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएकी थिइन् ।
कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधनसमेत गरेकी थिइन् । सन्नी यस अगाडि नेपाली चलचित्र ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् । चलचित्र आइटम संगमा उनको नृत्य समेत रहेको थियो । अहिलेपनि उनी कुनै प्रोजेक्टका लागि आएको बुझिन्छ । उनी बारम्बार नेपाल आउने गरेकी छिन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
