देशकै जेठो संस्था केन्द्रीय मानन्धर संघको सक्रियता

0

देशकै जेठो संस्था केन्द्रीय मानन्धर संघको सक्रियता


काठमाडौं । देशकै जेठो सामुदायिक संस्था केन्द्रीय मानन्धर संघले ७० औं स्थापना दिवसको सन्दर्भमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । २०१० माघ १० गते स्थापना भएको संघले वार्षिक रुपमा देशैभरी विभिन्न गतिविधि गर्दैआएको छ । सोही क्रममा विभिन्न संस्था, खलः, पुचः तथा गुठीमा आवद्ध भएका समुदायभित्रका युवा तथा किशोरकिशोरीहरुलाई लक्षित गरी खेलकुद कार्यक्रम गरेको हो । 

संघमा आवद्ध भएका धेरै समितिहरु मध्ये केही दिन अघि पूर्णता पाएको ७ सदस्यीय युवा समितिले संयोजन गरेको कार्यक्रम अन्तर्गत पुरुष तथा महिला एकल टेबल टेनिस, पुरुष तथा महिला चेस प्रतियोगिता, छ वर्ष उमेश समूहको दौड प्रतियोगिता तथा पन्ध्र वर्ष उमेर समूहको धाःबाजं प्रतियोगिता सम्पन्न गरेको छ ।

विभिन्न खेलकुद विधाका विजेताहरु निम्न छन् । 

टेबल टेनिस पुरुषतर्फ प्रथम – उज्ज्वल मानन्धर (तंलाछि टोल), दोस्रो – सार्थक मानन्धर (चस्वांद्व टोल) र तेस्रो – राजेश मानन्धर (दैसाः टोल)

टेबल टेनिस महिलातर्फ प्रथम – प्रितिका मानन्धर (चस्वांद्व टोल), दोस्रो – ईशा मानन्धर (भिंद्यः गुठी) र 

तेस्रो – पलिसा मानन्धर (भिंद्यः गुठी)

बाल दौड प्रतियोगिता प्रथम – सम्यक मानन्धर (साःक्वलान टोल भक्तपुर), दोस्रो – आर्शिया मानन्धर (तंलाछि टोल) र तेस्रो – रियाज मानन्धर (पाक्व पुखूद्यां)

चेस प्रतियोगिता पुरुषतर्फ प्रथम – निराजन मानन्धर (तःखाछेँ टोल), दोस्रो – सुरेश मानन्धर (तंलाछि टोल) र तेस्रो – मनिष मानन्धर (भिंद्यः गुठी)

चेस प्रतियोगिता महिलातर्फ प्रथम – श्वेता मानन्धर (तंलाछि टोल) र दोस्रो – श्वस्ति मानन्धर (तंलाछि टोल)

पन्ध्र वर्ष उमेश समूहको धाःबाजं प्रतियोगिता प्रथम – लुमिला मानन्धर (थँहिटी टोल), दोस्रो – लुँस्वां मानन्धर (थँहिटी टोल) र नौ वर्षिया सम्मुनत मानन्धरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

माघ १४ शनिबार सामाखुसिस्थित आशिर्वाद कलेज प्रांगणमा सम्पन्न भएको खेलकुद प्रतियोगिताका विजेताहरुलाई फागुनमा हुने स्वयम्भू भोज कार्यक्रममा पुरस्कार वितरण गरिने बताइएको छ । वार्षिक रुपमा खेलकुद प्रतियोगिता आयोजना गर्नको लागि संघका प्रवुद्ध व्यक्ति तथा दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता बैकुण्ठ मानन्धर कोष तथा शम्भुमान ककाभाइ बसुन्धारा स्मृति कोष खडा गरिएको छ ।

संघले आगामी माघ २४ गते मंगलबार र २५ गते बुधबार दुईदिन सांस्कृतिक विधाको कार्यक्रम अन्तर्गत सामुहिक बेलबिवाह कार्यक्रम गर्ने जनाएको छ । फागुनमा स्वयम्भू भोज, चैतमा भवन निर्माण विषयक गोष्ठी कार्यक्रम तथा नौ बाजा सम्मेलन गर्ने जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top