मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

0

मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न

मलेसिया । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल  सोसल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत  डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपाली राजदूत पौडेलले श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल रहको बताए । उनले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतावास सधैं साथमा रहेको बताए ।  गैरकानुनी ढँगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन आग्रह गरे । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको पनि प्रष्ट पारे । 

कार्यक्रमका बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि केन्द्रीय सचिव एवम ईन्टरनेशनल सोसल अर्वाडबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीहरुको हकहितको निम्ती व्यक्तिगत र सस्थागत रुपमा क्रियाशिल रहेको बताए । समस्यामा परेका नेपालीहरुको उद्धार, राहत तथा सहयोगमा आफु निरन्तर सक्रिय रहेको बताउदै न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न आव्हान पनि गरे । 

क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिएको प्रालिका अध्यक्ष सुनिल खड्काले जानकारी दिएका छन् । अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने सम्पूर्णलाई अध्यक्ष खड्काले धन्यवाद ज्ञापन पनि गरेका छन् । 

यस बर्ष जिरो माईल (रिमिक्स धमाका) सगको सहकार्यमा सयुक्त रुपमा कार्यक्रम गरिएको हो । अर्वाड कार्यक्रम पछि भव्य सास्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान सहितको भव्य सास्कृतिक प्रस्तुति पनि रहेको थियो । 

कार्यक्रममा बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसिका मध्यपूर्व संयोजक एवम् कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशिल हुन उर्जा थपेको बताए । लामो समयदेखि प्रवासमा रहेर प्रवासी नेपालीहरुको हकहितका निम्ती क्रियाशिल गोर्खालीले कोभिडको समयमा महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो । 

कार्यक्रममा हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर सन्तोष कार्की सहकार्य सस्था जिरो माईलका अध्यक्ष, तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठ, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य नेत्र केसी, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य तथा मलेसियाका लागि पर्यटन सद्भावना दूत नन्दबहादुर क्षेत्री, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, बरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका  अध्यक्ष प्रेम पाण्डे, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजि बगाले लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, गैर आवासिय नेपाली सघ एनआरएनए मलेसियाका उपाध्यक्ष तथा युवा संयोजक अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसियाका अध्यक्ष शंकरप्रसाद आर्चाय लगायतको उपस्थिती रहेको थियो । 

मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न



अर्वाड पाउने व्यक्तिहरु :

खगेन्द्र न्यौपाने, गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि केन्द्रीय सचिव ईन्टरनेशनल सोसल अर्वाड

मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’, मध्यपूर्व संयोजक गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि ईन्टरनेशनल कोभिड हिरो अर्वाड

नन्दबहादुर क्षेत्री,  गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य तथा पर्यटन सद्भावना दूत मलेसिया ईन्टरनेशनल टुरिजम अर्वाड

बिनोद थापा, अध्यक्ष गैर आवासिय नेपाली सघ एनआरएनए मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

राम जि बगाले, सम्पादक जनसवाल राष्ट्रिय दैनिक सिनियर जर्नालिष्ट अर्वाड

ज्ञानप्रसाद पौडेल, सम्पादक नयाँ सडक राष्ट्रिय दैनिक सामाजिक पत्रकारिता अर्वाड

सन्तोष कार्की, हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर ईन्टरनेशनल स्पोर्टस अर्वाड

लालसिंह खड्का अध्यक्ष, गैर आवासिय नेपाली सघ एनआरएनए कम्बोडिया ईन्टरनेशनल सोसल अर्वाड

राकेशप्रसाद महतो, उपाध्यक्ष गैर आवासिय नेपाली सघ एनआरएनए मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

अरुण गिरी, युवा संयोजक तथा उपाध्यक्ष गैर आवासिय नेपाली सघ एनआरएनए मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

शंकरप्रसाद आर्चाय, अध्यक्ष बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

रमेश दुलाल ‘कागे’,  कलाकार फरक विधाको उत्कृष्ठ कला अर्वाड

विकास गुरुङ्ग, व्यवसायी तथा समाजसेवी ईन्टरनेशनल सोसल अर्वाड

प्रविन गुरुङ्ग ईन्टरनेशनल कोभिड हिरो अर्वाड

बिबिएम ईन्भेष्टमेन्ट एलएलसि दुबई ईन्टरनेशनल बिजनेश अर्वाड

राजेश श्रेष्ठ ईन्टरनेशनल ईभेन्ट एण्ड म्यानेजमेन्ट अर्वाड

ईन्द्रनारायण लिम्बु, अध्यक्ष बिजनेश सोसाईटी अफ मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

हेमप्रसाद भट्ट ईन्टरनेशनल सोसल अर्वाड

रामकुमार बिष्ट ईन्टरनेशनल सोसल अर्वाड

सारदाकुमारी पौडेल अग्रज महिला पत्रकार अर्वाड

जेनिश उप्रेती ईन्टरनेशनल म्युजिक अर्वाड

रमेश उप्रेती ईन्टरनेशनल सोसल अर्वाड

रविचन्द्र अधिकारी ईन्टरनेशनल फिल्मी जर्नालिष्ट अर्वाड

हरिशचन्द्र विक सामाजिक पत्रकारिता अर्वाड

सरु बिक        सामाजिक अभियान्ता अर्वाड

उज्वल पौडेल बेष्ट जर्नालिष्ट अर्वाड

चित्रबहादुर थापा मगर सास्कृतिक जागरण अभियान युवा प्रतिभा अर्वाड

बाबुराम खतिवडा ईन्टरनेशनल सोसल अर्वाड

शशिधर गैरे ईन्टरनेशनल सोसल अर्वाड

बाशु श्रेष्ठ उत्कृष्ठ ग्राफिक डिजाईनर अर्वाड

सुरेन्द्र चालिसे उत्कृष्ठ आईटी अर्वाड

रामसिं ठगुन्ना सामाजिक पत्रकारिता अर्वाड

सन्तोष देउजा पब्लिक हिरो अर्वाड

सुशान्त श्रेष्ठ बेष्ट आर्टिस्ट अर्वाड

केदार चौलागाई ईन्टरनेशनल सोसल अर्वाड

मोहन चन्द ईन्टरनेशनल खेलाडी, प्रशिक्षक तथा रेफ्री अर्वाड

बिमल श्रेष्ठ ईन्टरनेशनल सोसल अर्वाड

रमिला खत्री भर्सटाईल स्पोर्टस पर्शानालिटी तेक्वान्डो  अर्वाड

मेगराज खड्का उत्कृष्ठ ग्रामिण पत्रकारिता अर्वाड

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top